Online Bichar
मंगलबार, बैशाख ०८, २०८३ | Tuesday, April 21, 2026

काठमाडौँ, २४ मंसिर २०७९ । कतारको राजधानी दोहाबाट विश्वकप फुटबल-२०२२ को रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकार ग्रान्ट वाह्लको निधन भएको छ । यूए सकरले शनिबार बिहान एक वक्तव्य जारी गर्दै ग्रान्टको शुक्रबार निधन भएको जनाएको छ । लुसेल रंगशालामा खेल हेर्ने क्रममा उनलाई हृदयघात भएको बताइएको छ ।

गार्डियनका अनुसार उनी रंगशालाको प्रेस बक्समा बसेका थिए । उनी खेल चल्दाचल्दै नै एक्कासि ढलेका थिए । पत्रकारहरूले त्यसपछि मेडिकल टिमलाई बोलाएका थिए । रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो ।

अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टफाइनलको खेलको रिपोर्टिङका क्रममा निधन भएको अमेरिकी मिडिया एनपीआरले जनाएको छ । त्यस्तै यूएस सकरले फुटबलका प्रशंसक र उच्च स्तरको पत्रकार गुमाउनु पर्दा दुस्खी भएको जनाएको छ ।

लामो समय अमेरिकी म्यागजिनमा काम गरेका ग्रान्टले पछिल्लो समय भने अनलाइन प्लेटफर्म ‘सबस्ट्याक’ मा आफ्ना सामग्री प्रकाशन गर्दै आएका थिए ।कान्तिपुरबाट 

तपाईको प्रतिक्रिया