Online Bichar
शुक्रबार, बैशाख १८, २०८३ | Friday, May 1, 2026

पाँचथर, २२ मंसिर २०७९ । घर निर्माणको क्रममा पानी जमाउन बनाइएको खाल्डोमा डुबेर फिदिममा ३ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम-१ का विशाल मगरका ३ वर्षीय छोरा आरुष रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (प्रहरी नायव उपरीक्षक) हरि खतिवडाले जानकारी दिए । उनका अनुसार ती बालक फिदिम-२ का स्थानीय सुरेन्द्र जबेगुले घर निर्माणका लागि बनाएको खाल्डोमा डुबेका थिए ।

घर निर्माणमा कार्यरत आमासँगै गएका बालक खेल्ने क्रममा पानीमा डुबेको प्रहरीले जनाएको छ । अपराह्न ४ बजे डुबिरहेको अवस्थामा भेटिएका ती बालकलाई उद्धारपछि उपचारार्थ पाँचथर अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

तपाईको प्रतिक्रिया