Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २१ मंसिर २०७९ । सरकारले पोलियो भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंसिर २० गते बसेको मन्त्रिपरिषद्को बैठकले पोलियो भाइरसविरुद्ध खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको हो ।

बुधवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले पोलियो भाइरस खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया