Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

२१ मंसिर २०७९ / स्पेनले लगातार तीन पेनाल्टी खेर फाल्यो भने मोरक्कोले चारमध्ये तीनमा गोल गर्दै इतिहास रच्यो । मोरक्को इतिहासमा पहिलोपटक विश्वकपको क्वार्टरफाइनल पुग्न सफल भयो ।

त्यसअघि निर्धारित ९० र थपिएको ३० मिनेटमा दुवैले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

अधिकांश समय बलमाथि नियन्त्रण कायम राख्न सफल भए पनि स्पेन गोल गर्न असफल रह्यो । काउन्टरमा मोरक्कोले पनि केही अवसर खेर फाल्यो । थपिएको समयको अन्तिम सेकेन्ड बाँकी हुँदा स्पेनका सराबियाले हानेको शक्तिशाली प्रहार पोलमा लागेर बाहिरिनु स्पेनका लागि दुर्भाग्यपूर्ण सावित भयो ।

लगत्तै पेनाल्टी सुटआउटमा आएका सराबियाले गरेको पेनाल्टी प्रहार पनि पोलमा लागेर फर्किएको थियो । स्पेनका कार्लोस सोलेर र कप्तान सर्जियो बुस्केटको प्रहारलाई मोरक्कोको गोलरक्षकले रोके ।

मोरक्कोका लागि भने अब्देल्हमिद सबिरी, हकिम जियाच र अचराफ हाकिमीले बललाई जाली चुमाए ।

तपाईको प्रतिक्रिया