Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ९ मंसिर २०७९ । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा भईरहेको छ ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेदरल्यान्ड्सले इक्वेडरविरुद्ध १-० गोलको अग्रता बनाएको छ ।

खेलको छैटौं मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका हुन् ।

पहिलो हाफको इन्जुरी समयमा इक्वेडरका प्लाटा स्टुपिनानले गोल गरेका थिए । तर, भीएआरले अफसाइड गोल देखाएपछि उनको गोलले मान्यता पाएन ।

आज दुबै टोली लगातार दोस्रो जितको योजनामा रहेका छन् । दुबै टोली लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान बनाउने योजनामा छन् ।

नेदरल्यान्ड्सले पहिलो खेलमा सेनेगललाई २-० ले हराएको थियो । यस्तै इक्वेडरले आयोजक कतारलाई २-० ले नै हराएको थियो ।

 

तपाईको प्रतिक्रिया