Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ९ मंसिर २०७९ । कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले पहिलो जित निकालेको छ । अल थुमामा स्टेडियममा शुक्रबार भएको खेलमा कतारलाई ३(१ गोल अन्तरले हराउँदै सेनेगलले पहिलो जित निकालेको हो । सेनेगल जारी विश्वकपमा जित निकाल्ने पहिलो अफ्रिकन राष्ट्र हो ।

खेलको ४१ औं मिनेटमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४८ औं मिनेटमा फामरा डाइधिऔले गोल गर्दै सेनेगललाई २-० को अग्रता दिलाए । खेलको ७८ औं मिनेटमा मुहमद मुन्तारीले गोल गर्दै कतारलाई २(१ को स्थितिमा ल्याए । मुन्तारीको गोल विश्वकपमा कतारको यो पहिलो ऐतिहासिक गोल हो ।

त्यसपछि खेलको ८४ औं मिनेटमा बाम्बा डिङले गोल गर्दै सेनेगललाई ३-१ को जित दिलाए । जितसँगै समूह ए को सेनेगलले अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ । सेनेगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

कतारको यो लगातार दोस्रो हार हो । कतार अंक विहीन रहदै पुछारमा रहेको छ । कतार प्रतियोगिताको समूह चरणबाट बाहिरिने संघारमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया