Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

चितवन, ८ मंसिर २०७९ । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन-२ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १४ हजार ९ सय ८३ मत आएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । लामिछाने ३४ हजार २ सय ८१ मतान्तर कायम गर्दै विजयी भएका छन् ।

एमाले उम्मेदवार कृष्णभक्त पोखरेलको १४ हजार ६ सय ४७ मत आएको छ । कृष्णभक्त पोखरेल ७४ सालको निर्वार्चनमा निकटतम् प्रतिस्पर्धी कांग्रेसका शेषनाथ अधिकारीभन्दा १७ हजार ३५६ मत बढी ल्याएर चितवन-२ बाटै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

चितवन-२ मा कुल मतदाता एक लाख २४ हजार २१४ रहेकोमा आइतबार भएको मतदानमा ८४ हजार ३१५ मत खसेको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया