Online Bichar
बिहिबार, माघ ०३, २०८१ | Thursday, January 16, 2025

झापा, ७ मंसिर ३०७९। झापा क्षेत्र नम्बर ३ (२) बाट नेकपा एमालेका छविलाल चुँडाल प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । राप्रपासँग चुनावी तालमेलमा उम्मेदवार बनेका चुँडालले नेकपा माओवादी केन्द्रका पूर्णसिंह राजवंशीलाई ६ हजार ४२ मतान्तरले पराजित गरेका हुन । चुँडालले १९ हजार ८७५ मत ल्याएकोमा राजवंशीले १३ हजार ८३३ मत प्राप्त गरेका छन् ।

राजवंशी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार थिए । राजवंशी २०७४ सालको निर्वाचनमा झापा ३ ९२० बाटै प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । त्यसबेला उनले काँग्रेसका भगीरथ पोद्दारलाई पराजित गरेका थिए । २०६४ सालको निर्वाचनमा झापा ३ बाट राजवंशी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

 

तपाईको प्रतिक्रिया