झापा, ७ मंसिर २०७९ । झापा क्षेत्र नं. १ मा विश्वप्रकाश शर्मा फराकिलो मतले अघि बढिरहनु भएको छ । शर्माले ३१ हजार १ सय १५ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले १९ हजार ५ सय मत ल्याउनु भएको छ । नेपाली काँग्रेसका उम्मेदवार शर्माले अग्नि खरेललाई ११ हजार ६ सय १५ मतान्तरले पछि पार्नु भएको हो ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्न का ओमनाथ भण्डारीले ६ हजार १ सय २६ मत ल्याउनु भएको छ । कूल मतदाता संख्या १ लाख २० हजार ३ सय ७५ रहेका झापा क्षेत्र नम्बर १ मा ८७ हजार ३ सय ९६ मत खसेको थियो । निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार अहिले बिहान ६३ हजार २ मतगणना हुँदा ३ हजार ५ हजार ९४ मत बदर भएको छ । झापा १ मा १ लाख २० हजार ३ सय ७५ मतदाता रहेकोमा ८७ हजार ३ सय ९६ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।