Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

झापा, ६ मंसिर २०७९ । झापाको क्षेत्र नं. ५ मा २६ हजार ५ सय १३ मतगणना हुँदा के.पी शर्मा ओली अग्र स्थानमा रहनु भएको छ । निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार अहिले बिहान ११ः३० बजेको मतगणना परिणाम अनुसार नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार के.पी शर्मा ओलीले १३ हजार २ सय ७८ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको हो ।

ओलीले गठबन्धनका तर्फबाट साझा उम्मेदवार खगेन्द्र अधिकारीलाई ५ हजार ५ सय ७३ मतले पछि पार्दै अग्रता कायम गर्नुभएको छ । गठबन्धनका तर्फबाट उम्मेद्वार अधिकारीले ७ हजार ७ सय ५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट घण्टी चुनाव चिन्हबाट उम्मेद्वार बनेका शुरेसकुमार पोखरेलले २ हजार ३ सय २८, जनमत पार्टीका लाउड स्पिकर चुनाव चिन्ह भएका भीम राजवंशीले १ हजार ४६ मत प्राप्त गरेका छन् । कूल मतदाता संख्या १ लाख ५४ हजार २ सय ८९ रहेका झापा क्षेत्र नम्बर ५ मा १ लाख २ हजार १ सय ५० खसेको थियो । २६ हजार ५ सय १३ मतगणना हुँदा १ हजार ५ सय ३७ मत बदर भएको छ ।

तपाईको प्रतिक्रिया