झापा, ५ मंसिर २०७९ । झापा क्षेत्र नं. ५ को मतपरिणाम सार्वजनिक गरिएको छ । मतपरिणाम अनुसार नेकपा(एमाले) का के.पी शर्मा ओलीले ३२१२ मत प्राप्त गरि अग्र स्थानमा रहनु भएको छ । ओलीले ३२१२ मत प्राप्त गर्दा नेपाली काँग्रेसका खगेन्द्र अधिकारीले १५२३ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, जसपाका ओम माया आङदेम्बेले ३६, नेपाल मजदुर किसानका रुद्र प्रसाद दाहालले ११, लोसपाका चन्द्र प्रसाद राजवंशीले ६, जनमत पार्टीका भीम राजवंशीले ३०७, मंगोल नेशनल अर्गनाइजेशनका सान बहादुर मेचे १८, संघीय लोकतान्त्रिकका कविन्द्र शेर्मा लिम्बु १६, नेश्रलिष्ट पिपल्सका राजन चुडाल३, राजपा का पदम बहादुर जबेगु २, नेपाली काँग्रेस(बी.पी)का सेखरनाथ सेडाई ३, सचेत नेपाली पार्टीका राम प्रसाद पाठक शुन्य, राष्ट्रिय स्वतन्त्र पार्टीका शुरेस कुमार पोखरेलले ६०२ मत प्राप्त गरेका छन् । क्षेत्र नं. ५ मा १ लाख ५४ हजार २ सय ८९ मतदाता रहेकोमा १ लाख २ हजार १ सय ५० अर्थात ६६ प्रतिशत मत खसेको थियो । कूल ६२०७ मतगणना हुँदा ४१४ मत बदर भएको जिल्ला निर्वाचन आयोगको कार्यालय झापाले जनाएको छ ।







