Online Bichar
सोमबार, मंसिर १९, २०७९
Monday, December 5, 2022

काठमाडौं, २४ कार्तिक २०७९ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र पाकिस्तानबीच हुने मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको छ । एन्फाले बिहीबार पत्रकार सम्मेलन गरी मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको हो ।

एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल कात्तिक ३० गते हुने छ ।

मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत हुनेछ । खेल साँझ ५ः३० बजे सुरु हुने छ । एन्फाले टिकट काटेर हेर्ने एक भाग्यशाली दर्शकले कतारमा हुने फिफा विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट पाउने जनाएको छ । विजेता गोलाप्रथाद्वारा छनोट गरिने एन्फाले जनाएको छ ।

मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको टिम आइतबार नेपाल आइपुग्ने छ ।

 

तपाईको प्रतिक्रिया