Online Bichar
मंगलबार, माघ २९, २०८१ | Tuesday, February 11, 2025

झापा, २२ कार्तिक २०७९ । प्रदेश १ पालिका स्तरीय तेस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि दमकले जितेको छ । झापाको झापा गाउँपालिका–६ शरणामतीमा जारी प्रतियोगिता जित्दै दमकले नगद एक लाख ५५ हजार ५ सय ५५ रुपैयाँसँगै ट्रफी हात पारेको छ। उपविजय भएको आयोजकले नगद एक लाख ५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको छ।दमकले आयोजकलाई ३-० को सोझो सेटमा जित निकाल्दै उपाधि हात पारेको हो ।

प्रतियोगितामा खेलको म्यान अफ द म्याच दमकका पुकार तामाङ भए। उत्कृष्ट डिफेन्स दमकका भुवन केसी,उत्कृष्ट ब्लकर आयोजकका रोहित सिवाकोटी,उत्कृष्ट सर्भर दमकका पुकार तामाङ, उत्कृष्ट स्पाईकर दमककै रोमन बस्नेत, उत्कृष्ट सेटर दमकका मुस्कान खुदाङ लिम्बू घोषित भए। उनीहरूले नगद ५ हजार ५ सय ५५ रुपैयाँ हात पारे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि भने झापाका रविन गौतमले हात पारे । उनले नगद ११ हजार प्राप्त गरे ।

विजयी तथा उपबिजयी टिमलाई झापा गाउँपालिका उपप्रमुख अन्जु थपलियाले ट्रफि र नगद प्रदान गरिन। कार्तिक १८ गतेदेखि भएको प्रतियोगितामा प्रदेशका १८ टिमको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया