Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, ५ कार्तिक २०७९ । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे फुटबल प्रतियोगिताको उपाधिको लागि सन्दकपुर–३ सुलुबुङ र जमुना फुटबल क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । आज सम्पन्न सेमीफाइनल खेलमा सुलुबुङले सन्दकपुर एफसी र जमुनाले इलाम नगरपालिका—६ लाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् ।

पहिलो सेमीफाइनल खेलमा सडनडेथमा सन्दकपुरलाई हराउँदै सुलुबुङले कम्तीमा ७५ हजार सुरक्षित गरेको छ । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोश्रो सेमीफाइनलमा छिरिङ गुरुङ निर्णायक बन्दा जमुनाले इलामलाई १—० गोल अन्तरले हराए । दोश्रो हाफको सुरुवातमा छिरिङले गोल गरेका थिए । खेलमा पछि परेको केही मिनेट नवित्दै इलामका हरि सिटौला विवादमा उत्रिएपछि खेल रोकिएको थियो ।

त्यसपछि इलामको टिम खेल मैदान छाडेर हिडेपछि जमुनाले फाइनलमा स्थान बनाएको हो । आइतबार फाइनल खेल हुनेछ । प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैया प्राप्त गर्नेछ ।

तपाईको प्रतिक्रिया