Online Bichar
मंगलबार, जेठ २६, २०८३ | Tuesday, June 9, 2026

शान्ति सुब्बा

गौरादह, १ कार्तिक २०७९ । झापाको गौरादहमा गोली प्रहार भएको छ । आज (मंगलबार) अन्दाजी राती ७ बजेको समयमा गौरादह नगरपालिका-८ जुरोपानी बस्ने सिताराम साहको ३५ वर्षिय छोरा बिरन साहले १५ वर्षिय हेमराज साहलाई गोली प्रहार गरेका थिए ।

सामान्य विवाद हुँदा साहले आफ्नै दाई उमेश साहको छोरा, भतिज हेमराजलाई आफ्नै घर अगाडि सानो चाइनिज पेस्तोलको गोलि लाग्ने होम मेड पेस्तोलले गोलि हानि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । घट्नास्थलबाट एक राउण्ड गोलि र खोका फेला परेको जनाइएको छ ।

गोली लागि घाइते भएका उनको अवस्था गम्भिर भएकोले लाइफलाइन अस्पताल दमक ल्याइएकोमा थप उपचारका लागि अन्दाजी ७ः३० बजेको समयमा बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । यस्तै, गोली हान्ने विरन साहको खोज तलास गर्ने क्रममा अन्दाजी ८ बजेको समयमा १०० मिटर उत्तर पर्ने सुकुना खोला किनारमा कन्चटमा गोलि लागेको अवस्थामा मृत फेला परेको प्रवक्ता पाठकले बताउनुभयो । उक्त घट्नास्थलबाट होम मेड पेस्तोल १ थान, म्यागजिन २ थान र १४ राउण्ड गोलि फेला परेको जनाइएको छ । ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीको कमाण्डमा र ईलाका प्रहरी कार्यालय गौरिगञ्ज बाट प्रहर निरिक्षक जितेश दाहालको कमाण्डमा टोलि खटिएको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments