Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २७ असोज २०७९ । काठमाडौं जिल्ला अदालतले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

म्याद थपका लागि आज बिहीबार जिल्ला अदालतमा उपस्थित भएका लामिछमानेलाई न्याायधीश सूर्यबहादुर थापाको बेञ्चले ५ दिन म्याद थप गरेको हो । असोज २० गते पक्राउ परेका लामिछानेलाई यस अघि अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । लामिछानेमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले पुनः ७ दिन थुनामा राख्न अनुमति मागेको थियो ।

लामिछानेका वकिल वरिष्ठ अधिवक्ता सरोज कृष्ण घिमिरेले प्रहरीले थप ७ दिन हिरासतमा राख्न अनुमति मागेपनि आफुहरुले मुद्दा लम्बिने भन्दै ३ दिन मात्र समय दिनुपर्ने माग गरेको बताउनुभयो । तर अदालतले ५ दिन म्याद थप गरेको बताउँदै घिमिरेले यो अवधिमा बयान सकिएर कात्तिक १ गते मुद्दा दर्ता होस् भन्ने आफुहरुको चाहना रहेको जिकीर गर्नुभयो ।

१७ वर्षीया किशोरीले बलात्कार गरेको भन्दै उनीविरुद्ध भदौ २१ मा प्रहरी वृत गौशालामा जाहेरी दिएकी थिइन् ।

क्यारेबियन प्रिमियर लिग क्रिकेट खेल्नका लागि जमैका गएका लामिछाने आफुविरुद्ध बलात्कार मुद्दामा जाहेरी दर्ता भएपछि बेपत्ता भएका थिए । जाहेरी दर्ता भएको १ महिनापछि मात्र नेपाल फर्केका उनलाई प्रहरीले अन्तराष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।

 

तपाईको प्रतिक्रिया