Online Bichar
आइतबार, माघ २७, २०८१ | Sunday, February 9, 2025

काठमाडौं, ११ असोज २०७९ । अन्जन विष्टले पहिलो हाफमै ह्याट्रिक पूरा गरेपछि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशलाई हराएको छ। नेपालले घरेलु मैदानमा बंगलादेशलाई ३–१ ले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले पहिलो हाफमा ३–० को अग्रता लिदा दोस्रो हाफमा एक गोल खाएको थियो ।

नेपालका लागि अन्जन विष्टले ह्याट्रिक पूरा गर्दा बंगलादेशका सजजाद हुसेनले एक गोल फर्काएका थिए ।

 

तपाईको प्रतिक्रिया