Online Bichar
मंगलबार, मंसिर २५, २०८१ | Tuesday, December 10, 2024

शान्ति सुब्बा

गौरादह, ११ असोज २०७९ । झापाको दमकमा अत्याधुनिक प्रविधि सहित दमक थुलुङ्ग डेन्टल क्लिनिक सञ्चालनमा आएको छ । लामो समय देखि दाँत सम्बन्धि उपचारमा संलग्न डाक्टर सोफिया थुलुङ्गले दमक नगरपालिका-६ स्थित फर्निचर लाइनमा रहेको आफ्नै भवनमा करिब ४ महिनादेखी उक्त क्लिनिक सञ्चालनमा ल्याइएको सञ्चालक डा. थुलुङ्गले जाकारी दिनुभयो ।

करिब २ वर्ष भन्दा बढि युके मा रहेर दन्त चिकित्सा क्षेत्रमा आफुले प्राप्त गरेको ज्ञानलाई आफ्नै गाउँ ठाउँमा नै रहेर केहि नयाँ तरिकाले काम गरौं साथै दन्त चिकित्साको क्षेत्रमा योगदान दिने उद्देश्यले उक्त क्लिनिक सञ्चालनमा ल्याएको डा.थुलुङ्गले बताउनुभयो । दाँत तथा मुख सम्बन्धि सम्पूर्ण सेवाहरु एकै स्थानबाट न्यूनतम शुल्कमा प्रवाह गर्ने गरी तयार पारिएको क्लिनिकमा प्रायः सबै विधाका विशेषज्ञ चिकित्सकहरु रहेका छन् ।

हाल करिब २० लाख लगानीमा सञ्चालनमा आएकोे यस क्लिनिकमा डा.थुलुङ्ग सहित डा.अजित कुमार यादव, डा.रवि आचार्य, डा.रोजीना शाक्य, डा.जीतेन्द्र मण्डल, डा.रत्न मिश्र र डा.अस्मिता शाह को ७ वटा टिम(समूह)ले सेवा प्रदान गर्दै आएका छन् । यस क्लिनिकमा दाँतमा तार लगाउने बाँध्ने(अर्थोडोन्टिष्ट), दाँत भर्ने, दाँतको जरा भर्ने(आरसिटि), नदुखाई दाँत उखेल्ने, ओरल सर्जरी, कृत्रिम दाँत रोप्ने, गीँजा रोग सम्बन्धि उपचार, बालबालिकाको दाँतको हेरविचार गर्न सिकाउने(डेन्टल केयर चिल्ड्रेन), दाँतलाई सेतो बनाउने, दाँतमा क्याप लगाउने, दाँत लगाउने, दाँत टल्काउने, दाँतमा डायमण्ड भर्ने लगायतका सेवाहरु उपलब्ध रहेको मंगलबार पत्रकार सम्मेलन मार्फत डा.थुलुङ्गले जानकारी गराउनुभयो । यस क्लिनिकमा २० मिनेटमा नै आरसिटी गर्न सकिने प्रविधि उपलब्ध रहेकोले जसले गर्दा समयको बचत, पैसाको पनि बचत हुने भएको छ । यस्तै, एक्सरे गर्दा डिजिटलाइज्ड र अन्य सेवाहरुका लागि पनि यस्तै प्रविधि रहेको डा.थुलुङ्गले बताउनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

यस्तै, क्लिनिकमा दाँत सम्बन्धि उपचार गर्न आउने विद्यार्थी र ज्येष्ठ नागरिकलाई सधैं भरिका लागि ओपीडी चार्ज र २५ प्रतिशत छुट दिइने भएको छ । मजदुरहरुका लागि पनि सधैं भरिका लागि ओपीडी चार्ज र एक्सरे सेवा निःशुल्क प्रदान गरिने डा.थुलुङ्गले बताउनुभएको छ । हप्तामा ६ दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म र सोमबार दिउँसो २ बजेसम्म क्लिनिकबाट सेवा लिन सकिन्छ ।

यस्तैगरी, दमक-१ कि इक्सा लिम्बु सम्बाहाम्फेले आफुले केही समय अघि यस क्लिनिकमा दाँतको आरसिटी गरेको बताउँदै न्यूनतम खर्चमा २० मिनेटमा नै उक्त सेवा लिएको बताउँदै समयको साथै पैसाको पनि बचत भएको बताउनु भएको छ ।

बिरामीले राम्रो उपचार पाउन सकून भन्ने सोचले आगामी दिनमा क्लिनिकले अझ सेवा सुविधाहरु थप गर्दै लैजाने योजना बनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया