Online Bichar
मंगलबार, चैत्र ०६, २०८० | Tuesday, March 19, 2024

काठमाडौं, ९ असोज २०७९ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबार फाइनल चरणको अभ्यास गरेको छ । आइतबार टिमले मैत्रीपूर्ण खेलका लागि अन्तिम चरणको अभ्यास गरेको हो । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशसँगको मैत्रीपूर्ण खेलकालागि चार गोलरक्षकसहित २३ सदस्यीय टोली घोषणा गर्नुभएको थियो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको अन्तिम अभ्यासपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यवाहक प्रशिक्षक हुमागाईंले अभ्यास राम्रो भइरहेको र बंगलादेश पछिल्लो समय मजबुत बन्दै गएकाले बंगलादेशलाई पराजित गरेर नेपालीहरुको महान चाड दशैँको अग्रिह शुभकामना दिने लक्ष्यमा नेपाली राष्ट्रिय फुटबल टिम रहेको बताउनुभयो ।

यता, खेलाडी नवयुग श्रेष्ठले भने नेपाली प्रशिषकले आफूलाई राष्ट्रिय टोलीमा नराखेकोप्रति असन्तुष्टि जनाएका थिए । कुवेतमा भएको एएफसी एशियन कपका लागि नेपालको कप्तानी गरेका नवयुग टिममा नपर्दा धेरैले आश्चर्य प्रकट गरेका थिए । नवयुगले आफू टिममा नपरेपछि सामाजिक सञ्जालमार्फत नै असन्तोष व्यक्त गरेका थिए । नवयुग मात्र होइन, सोही भ्रणममा टोलीको कप्तानीको मौका पाएका मनाङ मस्र्याङ्दी क्लवका मिडफिल्डर पुजन उपरकोटी पनि हुमागाईंको रोजाइमा पर्न सकेनन् ।

तर प्रशिक्षक हुमागाईंले भने एडप्टका कारण नवयुग श्रेष्ठ, भरत, अभिषेक लगायतका केही राम्रा खेलाडीहरुलाई पनि टिममा समावेश गर्न नसकिएको बताउनुभयो । उहाँले केही खेलाडीहरु राम्रोसँग अभ्यास गर्ने र मेहेनत गरेर खेल्ने भएका कारण पनि ४ जना किपरलाई राख्नुपरेको बताउनुभयो । उहाँले हार्डवर्क, टिमवर्कका कारण उनीहरुलाई हटाउने ठाउँ नरहेको जिकिर गर्नुभयो ।

नेपाल र बंगलादेशबीचको खेल मंगलवार दशरथ रंगशालामा हुनेछ । खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टिम शुक्रवार नै नेपाल आइसकेको छ । दुवै टोली एकअर्कालाई हराएर विजयी बन्ने दौडमा छन् ।

 

तपाईको प्रतिक्रिया