Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

जेबि खड्का
गौरादह, २४ भदौ २०७९ । गौरादह-१ स्थित शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा प्रकाश कार्की सर्वसम्मत चयन भएका छन्। संस्थाको २४ औं चुनावी वार्षिक साधारणसभाबाट आगामी कार्यकालका लागि कार्की पुनः अध्यक्षमा चयन भएका हुन।

अघिल्लो पटक पदाधिकारीहरु निर्वाचन प्रक्रियाबाट निर्वाचित भएपनि संस्थाको २४ औं साधारणसभामा सबै पदाधिकारीहरु सर्वसम्मत चयन हुन सफल भएका छन्। संस्थाको उपाध्यक्षमा भिम बिजय बाँस्तोला सचिबमा हेमचन्द्र घिमिरे राजु, कोषाध्यक्षमा नारायण कुमार कार्की सर्वसम्मत चयन भएका छन्। समितिका सदस्यहरुमा कुन्दन गिरी, गोपिनाथ धमला, डिल्ली प्रसाद रिजाल, महानन्द पोख्रेल, रुद्र कुमार दाहाल, मन्जु अधिकारी, मनमाया राई, शिव कुमारी दाहाल र साबित्रा कटुवाल सर्वसम्मत चयन भएका छन। लेखा सुपरिवेक्षण समिति संयोजकमा श्याम दाहाल र सदस्यमा तारा निधि नेपाल सर्वसम्मत चयन भएका छन।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

सामुदायिक भवनको सभाहलमा सम्पन्न २४औं बार्षिक साधारणसभामा संस्थाका अध्यक्ष प्रकाश कार्कीले संस्थाको आर्थिक बर्ष ०७८/०७९ को बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए। संस्थाका कोषाध्यक्ष बिरेन्द्र बस्नेतले संस्थाको शेयर पुँजी ८ करोड १८ लाख ६० हजार जगेडा कोषमा ४ करोड ७८ लाख ९५ हजार २ सय ४५ रहेको प्रतिबेदन प्रस्तुत गरेका थिए। संस्थाको कुल सम्पत्ति ७२ करोड १६ लाख ७६ हजार ७ सय ६१ रहेको संस्थाले ५७ करोड ७६ लाख ७६ हजार २ सय ३९ ऋण लगानी गरेको र १ करोड ७६ लाख ५२ हजार ८ सय ३७ खुद नाफा गरेको कोषाध्यक्ष बस्नेतको प्रतिबेदनमा उल्लेख गरिएको छ।

साधारणसभाको अवसरमा शुभलक्ष्मी शैक्षिक प्रोत्साहन पुरस्कारबाट सामुदायिक र संस्थागत बिद्यालयबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीहरु २ जना जनही ४ हजार र प्रशंसा पत्रबाट सम्मान गरिएको थियो। सम्मानित हुनेमा सामुदायिक तर्फबाट ज्योति मा.बि. ईटहरीमा अध्यन गरेका श्रीहरी पौडेल र संस्थागत तर्फबाट सेन्ट जेभियर कलेज काठमाडौंमा अध्ययन गरेका प्रतीक कोईराला रहेका छन। उद्यमशिल शेयर सदस्य तर्फ २३ जना सम्मानित भएका छन। कर्मचारी तर्फ बिना बस्नेत नगद ५ हजार ५ र प्रशंसा पत्रद्वारा सम्मानित भएकी छन।

संस्थाले यसै आर्थिक बर्षबाट सदस्यहरुलाई आर्थिक कारोवारमा सहजताका लागि भिजा कार्ड मोवाइल बैंकिङ लागयतका सुबिधा संचालान गरेको छ। संस्थाले सेयर सदस्यलाई दुर्घटना मृत्यु बिमा, घातक रोग लागेमा सदस्यलाई उपचार सहयोग,सदस्य मृत्यु राहात सुबिधा लगायत ३० भन्दा बढी सुबिधा सदस्यहरुलाई प्रदान गरिरहेको संस्थाका व्यवस्थापक तिलक कार्कीले जानकारी गराए। २०५५ सालमा स्थापना भएको संस्थाले हाल सम्म गौरादह नगरपालिकाको बैगुन्धुरा र चप्रामारी बजारमा सेवा केन्द्र खोली संचालनमा ल्याएको र स्कुलचौन, दामुना, ग्वालडुब्बा, पाडाजुँगी र गौरीगंज लगाएतका क्षेत्रमा सेवा केन्द्र स्थापना गरि नागरिकलाई सेवा दिने लक्ष्य रहेको संस्थाका सचिब हेम चन्द्र घिमिरेले जानकारी गराए।

तपाईको प्रतिक्रिया