Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, २३ भदौ २०७९ । बिहिवार पनि नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक २।१३ अङ्क घटेर १९३७.७४ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५४ अङ्क र फ्लोट इण्डेक्स ०.०८ अङ्क घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ बढेको छ ।

आज कारोबारमा आएका २२७ कम्पनीको ३४ लाख एक हजार कित्ता शेयर एक अर्ब चार करोड ४४ लाख ४० हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ । बुधवारको तुलनामा आज कारोबार रकम भने बढेको छ । बुधवार ८२ करोडभन्दा माथिको मात्रै कारोबार भएको थियो ।

आज १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ । जसमा वित्त उपसमूहको परिसूचक १.३७ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । यता अन्य उपसमूहको परिसूचक १.३३ प्रतिशत घटेको छ ।

नेप्से सामान्य गिरावट आएपनि ग्लोबल आइएमई लघुवित्त र मल्टीपर्पस फाइनान्स कम्पनीको शेयर मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । सामुदायिक लघुवित्तको शेयर मूल्य साढे ६ प्रतिशत घटेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको १३ करोड १० लाख रुपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

 

तपाईको प्रतिक्रिया