Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झगेन्द्र खड्का
गौरादह, १८ भदौ २०७९ । झापाको गौरादह-१ स्थित शुभ लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थाको २४ औं वार्षिक साधारणसभाका लागि तयार गरेको वार्षिक प्रतिवेदन-२०७९ पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ। संस्थाको कार्यालय भवनको सभाहलमा शनिबार(आज)संस्थाका संचालक समिति र लेखा समितिका पदाधिकारीहरुले प्रतिवेदन सार्वजनिक गरेका हुन।

प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष प्रकाश कार्कीले आर्थिक वर्ष ०७८/०७९ मा संस्थाको वित्तीय विवरणको बारेमा जानकारी गराएका थिए। प्रतिवेदन अनुसार संस्थाको शेयर पुँजी ८ करोड १८ लाख ६० हजार जगेडा कोषमा ४ करोड ७८ लाख ९५ हजार २ सय ४५ रहेको जानकारी गराएका थिए। कुल सम्पत्ति ७२ करोड १६ लाख ७६ हजार ७ सय ६१ रहेको संस्थाले ५७ करोड ७६ लाख ७६ हजार २ सय ३९ ऋण लगानी गरेको र १ करोड ७६ लाख ५२ हजार ८ सय ३७ खुद नाफा गरेको अध्यक्ष कार्कीले पत्रकारहरु समक्ष सार्वजनिक गरेका छन् । संचालक समितिका तर्फबाट अध्यक्ष कार्कीले संस्थाका निति तथा कार्यक्रम संस्थाले अवलम्बन गरेका भाबी योजना ,रणनीति तथा कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए।

संस्थाले यसै आर्थिक वर्षबाट सदस्यहरुलाई आर्थिक कारोवारमा सहजताका लागि भिजा कार्ड मोवाइल बैंकिङ लगायतका सुबिधा संचालन गरेको जानकारी गराएका थिए। संस्थाले सेयर सदस्यलाई दुर्घटना मृत्यु बिमा, घातक रोग लागेमा सदस्यलाई उपचार सहयोग,सदस्य मृत्यु राहत सुबिधा लगायत ३० भन्दा बढी सुबिधा सदस्यहरुलाई प्रदान गरिरहेको जानकारी गराए। संस्थाले ५२ लाख १३ हजार ४ सय ८ रुपैयाँ सरकारलाई कर बुझाएको जानकारी गराएका छन् ।

संस्थाले नगरपालिका भित्रका मुख्य बजार र गौरीगंज बजार सहित ७ स्थानमा आगो निभाउन अग्नी प्रतिरोधात्मक सामग्री व्यवस्था गरेको जानकारी गराए। २०५५ सालमा स्थापना भएको संस्थाले हाल सम्म गौरादह नगरपालिकाको बैगुन्धुरा र चप्रामारी बजारमा सेवा केन्द्र खोली संचालनमा ल्याएको र स्कुलचौन, दामुना, ग्वालडुब्बा, पाडाजुँगी र गौरीगंज लगाएतका क्षेत्रमा सेवा केन्द्र स्थापना गरि नागरिकलाई सेवा दिने लक्ष्य रहेको संस्थाका सचिब हेम चन्द्र घिमिरेले जानकारी गराए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया