Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झगेन्द्र खड्का
गौरादह, १६ भदौ २०७९ । स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष २०७८/०७९ मा १ अर्ब २४ करोड ५२ लाख १८ हजार ४ सय ७७ रुपैयाँको कुल कारोवार गरेको छ। संस्थाको १३ औं बार्षिक साधारणसभाका अवसरमा सेवा केन्द्र गौरादहमा इकाईगत साधारणसभामा संस्थाका अध्यक्ष रबि कुमार न्यौपानेले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै कुल कारोवारको जानकारी गराएका थिए।

हाल सम्म ७ हजार ८ सय ९० जना शेयर सदस्य संस्थामा आबद्ध रहेको स्वर्ण लक्ष्मी सहकारीको चुक्ता पुँजी ११ करोड ९४ लाख ८४ हजार २ सय रहेको जानकारी गराएका थिए। स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था नाफा मुखि भन्दापनि सेवा मुखि रहेको बताउदै अध्यक्ष न्यौपानेले संस्थाले उद्यमशिलउ तथा बिपन्न परिवारलाई संस्थाको नियम अनुसार सहज ऋण सुबिधा, सामाजिक क्रियाकलाप संग सम्बन्धित योजना, सदस्य मृत्यु राहात तथा सहयोग कोष, प्राकृतिक प्रकोप राहात कोष सदस्य प्रोत्साहन लगायतका कार्यक्रम अवलम्बन गरेको जानकारी गराएका थिए। गौरादह सेवा केन्द्रको साधारणसभामा अध्यक्ष न्यौपानेले सेयर सदस्यहरु सँग संस्थाका लागि राय, सल्लाह र सुझाव मागेका थिए।

संस्थाका लेखा समिति संयोजक शिव प्रसाद अधिकारीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थाले यश आर्थिक बर्षमा २ करोड ८१ लाख ३३ हजार १ सय ८१ खुद बचत गरेको जानकारी गराएका थिए। भाद्र १८ गते संस्थाको प्रधान कार्यलय दमकमा हुने साधारणसभाका लागि गौरादह सेवा केन्द्रबाट ५ जना सदस्य सर्वसम्मत छनौट गरिएको गौरादह सेवा केन्द्र प्रमुख बिनिता खनालले जानकारी गराईन।

स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था २०६६ सालमा दमकमा स्थापना गरिएको संस्थाले हालसम्म झिलझिले, सुरुङगा, गौरादह र मोरङको उर्लाबारीमा सेवा केन्द्र स्थापना गरि कार्यलय संचालन गरेको सेवा केन्द्र प्रमुख खनालले बताइन। कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिका वडा नं.२ का वडाध्यक्ष गोपाल प्रसाद कोईरालाले स्वर्ण लक्ष्मी सहकारी संस्थाले छोटो समयमा सेवा मुखि कार्यक्रम अवलम्बन गरेर अगाडि बढेको बताएका थिए। शेयर सदस्यहरुले संस्थाबाट लिएको ऋणलाई उत्पादन मुखि क्षेत्रमा लगाउन पनि सेयर सदस्यहरुलाई आग्रह गरेका थिए। कार्यक्रममा गौरादह जेसिज अध्यक्ष बिनिता कटुवालले शुभकामना मन्तब्य राख्दै सहकारी संस्थाको माध्यमबाट गरिब तथा बिपन्न परिवारको जिबिकोपार्जनमा सहजता आउनुका साथै आर्थिक अवस्थामा परिबर्तन भएको बताएकी थिईन। संस्थाका सदस्य संजिव रिमालले स्वागत मन्तब्य राखेको कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख कमल कुमार घिमिरेले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया