Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, २६ साउन २०७९ । झापामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसताक्षी नगरपालिका-९ आईतबारे कि सुस्मा सुन्दासको ११ वर्षिया छोरी एन्जिला सुन्दास र सोही ठाउँका धुर्व राईको १२ वर्षिय छोरा सिकुम राई रहेका छन् ।

आज (बिहिबार) अन्दाजी दिउँसो ४ बजेको समयमा दुवैजना पौडि खेल्न जान्छु भनि घरबाट हिँडेकोमा अबेर सम्म घर फर्की नआएकोले खोजतलास गर्दै जाँदा सोही ठाउँमा रहेको कन्काई सिँचाई नहरको डिलमा उनिहरुले लगाएको कपडा र चप्पल फेला परेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षकको टोलि र अस्थाई प्रहरी पोष्ट माईधारबाट प्रहरी सहायक निरीक्षकको टोली गई स्थानियहरु समेतको सहयोगमा खोजतलास गर्ने क्रममा कपडा रहेको स्थान देखी अन्दाजी ४ कि.मि.पश्चिम सोही नगरपालिकाको वडा नं.७ स्थित सताक्षी खोलामा दुबै जना पानीमा डुबि मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

घट्ना सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिले बाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया