Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, १२ साउन २०७९ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२३ मा पचास वर्ष यताकै आर्थिक मन्दी आउने चेतावनी दिएको छ ।

विश्वका थुप्रै संस्थाहरू टाट पल्टिने र त्यसले कतिपय देशहरूलाई नै समस्यामा पार्ने पनि आइएमएफको भविष्यवाणी छ । केन्द्रीय बैंकहरूले मौद्रिक नीतिमा गरेको कडाइले पूँजी बजारलाई प्रभावित गर्ने र त्यसले थुप्रै देशहरूको आर्थिक स्वास्थ्य समेत धरासायी बनाउने उसको विश्लेषण छ ।

आईएमएफले जारी गरेको ग्लोबल इकोनमिक आउटलुकमा विश्व अर्थतन्त्र झनै अनिश्चित र निराश अवस्थामा पुग्ने प्रक्षेपण गरिएको छ । मौद्रिक नीतिमा कडाइ गर्दा त्यसले ब्याजदर बढाउने र ब्याजदर बढ्दा ऋण लिनेहरू घट्ने तथा खराब ऋण बढेर संस्थाहरू समस्यामा पर्ने पनि आईएमएफको तर्क छ ।

विकसित, अल्पविकसित र विकासोन्मुख देशहरूमा विदेशी मुद्राको घट्दो सञ्चिति, लगानीयोग्य पुँजीको अभाव र बढ्दो मूल्यवृद्धिको समस्या छ । जसका कारण तल्लो वर्गका लागि दैनिक चलाउनै मुस्किल भईसकेको छ । आईएमएफले सन् २०२३ पचास वर्ष यताकै मन्दीको वर्ष हुने पनि ठोकुवा गरेको छ ।

आईएमएफले सरकार तथा केन्द्रीय बैंकहरूलाई विवेकपूर्ण औजारहरू प्रयोग गरेर अर्थतन्त्र बचाउन भनेको छ ।

 

तपाईको प्रतिक्रिया