Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौँ, ६ साउन २०७९। नेपाल बैङ्क र नेपाल रेमिट इन्टरनेसनल प्रालिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापत्रमा नेपाल बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाल रेमिटका अध्यक्ष रितेश मित्तलले हस्ताक्षर गर्नुभएको हो । नेपाल रेमिटमार्फत आएको रेमिट्यान्स नेपाल बैङ्कको शाखा, एक्सटेन्सन काउन्टर तथा बैङ्कका सबएजेन्टले भुक्तानी गर्ने सम्झौता भएको छ ।

नेपाल बैङ्कले मुलुकलभर २१९ शाखा, ४७ एक्सटेन्सन काउन्टर, २६० भन्दा बढी रेमिटान्स भुक्तानी गर्ने सब एजेन्ट, पाँच हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया