Online Bichar
मंगलबार, मंसिर २५, २०८१ | Tuesday, December 10, 2024

गौरादह, ३२ असार २०७९ । गौरादह नगरपालिकाको १०औं नगर सभाले आर्थिक वर्ष २०७८/०७९ का लागि ७८ करोड ४ लाख ६ हजार ८ सय १३ रुपैयाँको वजेट पारित गरेको छ। नगरसभाले पारित गरेको निति कार्यक्रम र वजेटलाई नगर प्रवक्ता नगेन्द्र भण्डारीले नगरपालिकामा शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी गराएका थिए। नगर सभाले पारित गरेको बजेटमा चालू तर्फ ४७ करोड १५ लाख ९९ हजार ८ सय ३७ र पुँजीगत तर्फ ३० करोड ८८ लाख ६ हजार ९ सय ७६ रहेको जानकारी गराएका थिए।

गौरादह नगरपालिकाको वार्षिक बजेट, निति तथा कार्यक्रम गत सार ८ गतेबाट सुरु भई असार ३० सम्पन्न भएको थियो। नगरसभाले पारित गरेको वार्षिक निति तथा कार्यक्रममा न्युनतम पुर्वाधारको आवश्यकतालाई पहिचाहन गरि कृषि, सामाजिक विकास, नगरपालिकाबाट नागरिकलाई प्रवाह गरिने सेवालाई व्यवस्थित बनाउने कार्यलाई प्राथमिकतामा राखेको नगर प्रवक्ता भण्डारीले जानकारी गराए। नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि अल्पकालीन र दिर्घकालिन बिकासलाई मध्यनजर गरि बजेट, नीति तथा कार्यक्रम तर्जुमा गरेको जानकारी गराएका थिए।

पत्रकार सम्मेलनमा नगर प्रवक्ता भण्डारीले गौरादहमा रहेको स्वास्थ्य केन्द्रलाई १५ बेडको अस्पतालमा स्तरोन्नती गरि नागरिकलाई गौरादहबाट सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने जानकारी गराए। नगरपालिकामा अस्पताल संचालन भएपछि नगरवासिले महंगो शुल्क तिरेर सहरका ठुला अस्पताल धाउनु नपर्ने बताए। गौरादहमा रहेको स्वास्थ्य केन्द्र अस्पतालमा परिणत भएपछि स्वास्थ्य बिमा कार्यक्रमको सुविधा पनि उपलब्ध हुने जानकारी गराए।

गौरादह नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा स्वास्थ्य क्षेत्रमा १ करोड ५५ लाख बजेट बिनियोजन गरेको जानकारी गराए। यस आर्थिक वर्ष देखि गौरादह नगरबासिलाई आय आर्जन गर्न सहज बनाउन दक्षिण कोरियाका संस्था सँग भगिनी सम्झौता गर्ने जानकारी गराए।भगिनी सम्झौता भएपछि युवाहरुलाई दक्षिण कारेयामा सिकिएको सीप आफ्नो देशमा लागउन सकिने बताएका थिए। यसबाट युवाहरुलाई रोजगारीका अवसर सृजना हुनुका साथै आम्दानीका स्रोत बढाउन सकिने जानकारी गराएका थिए।

पत्रकार सम्मेलनमा नगर प्रमुख छत्रपति सुवेदी र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले पत्रकारहरुले राखेका जिज्ञासाको जवाफ दिएका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया