Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

झगेन्द्र खड्का

गौरीगंज, ११ असार २०७९ । गौरीगंज गाउँपालिकाको ११ औं गाउँ सभाले शिक्षा र पुर्वाधार विकासलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको विकासका लागि शिक्षा र पुर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिका अध्यक्ष फुलबती राजवंशीले आर्थिक बर्ष २०७९/०८० को निति तथा कार्यक्रम सार्वजनिक गरेकि छन।

कृषि, स्वास्थ्य, शिक्षा, उद्योग र आर्थिक बिकासमा उन्नति, दिगो बिकास सहित गौरीगंजको समुन्नति भन्ने मुल नाराका साथ गाउँपालिकाको सभा हलमा संचालन गरिएको निति तथा कार्यक्रममा क्षेत्रगत रुपमा सबै बिधालाई समेटेर अध्यक्ष राजवंशीले निति तथा कार्यक्रम प्रस्तुत गरेकि छिन।

गाउँपालिका भित्र रहेका बिद्यालयहरुमा पठनपाठनलाई प्रबिधि मैत्री बनाउदै शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड दिने नीति तथा कार्यक्रममा समेटिएको छ।सामुदायिक बिद्यालयमा अपांगता र बालमैत्री भौतिक पुर्वाधार निर्माण गरि बालमैत्री स्थानीय शासनलाई प्रवर्द्धन गर्न बिद्यालयको बालक्लबलाई परिचालन गर्ने निति तथा कार्यक्रममा समेटिएको छ। सामुदायिक बिद्यालयलाई हरेक बर्ष एक नमुना बिद्यालयको रुपमा बिकास गर्दै शिक्षकलाई आवश्यकता अनुसार समय सापेक्ष प्राबिधिक तथा सैद्धान्तिक तालिमको व्यवस्था गरिने नीति तथा कार्यक्रममा समेटिएको छ।

सामुदायिक बिद्यालयमा रहेका बाल बिकास शिक्षकलाई संघिय सरकारले उपलब्ध गराएको मासिक पारिश्रमिकमा तोकिए बमोजिम बाँकी रकम गाउँपालिकाबाट थप गरिने निति तथा कार्यक्रममा समेटिएको छ। गाउँपालिका भित्र रहेका गरिब बिपन्न तथा जेहेन्दार बिद्यार्थीलाई प्राबिधिक बिषय पढ्न छात्रवृत्तिको व्यवस्था गर्नुका साथै कक्षा १२ सम्म निशुल्क शिक्षाको व्यवस्था गरिने निति तथा कार्यक्रममा समेटिएको छ।
पुर्वाधार बिकास तर्फ गाउँपालिका भित्र रहेका मुख्य सडकहरुलाई कालोपत्र गरिने र हुलाकी सडकमा रहेका अधुरा पुल कल्भर्टलाई सम्पन्न गरि संचालनमा ल्याउन सम्बन्धित निकायमा पहल गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ।कच्ची सडकलाई प्राथमिकताका आधारमा ग्राभेल र ग्राभेल भएका सडकलाई उच्चस्तरीय ग्राभेल गरिने निति तथा कार्यक्रममा समेटिएको छ।निति तथा कार्यक्रमले कृषि,पशु, पर्यटन, उद्योग,सहकारी, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, संस्कृति, लैंगिक समानता तथा सामाजिक समाबेशी करण, खेलकुद,सामाजिक परिचालन,भवन तथा सहरी बिकास, उर्जा तथा बिधुत, बन वातावरण तथा बिपद व्यवस्थापन, संस्थागत बिकास तथा सुशासन लगायतका बिषयलाई निति तथा कार्यक्रममा समेटिएको छ।

गाउँपालिकाको ११ औं गाउँसभाको अवसरमा उपाध्यक्ष पुजन न्यौपाने कुवरले आर्थिक बर्ष २०७९/०८० का लागि ४७ करोड २८ लाख ८९ हजार ३ सय ७० रुपैयाँको बजेट प्रस्तुत गरेकि छन।

 

तपाईको प्रतिक्रिया