Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

शान्ति सुब्बा
गौरादह, ३० जेठ २०७९ । गौरीगञ्ज गाउँपालिका कि अध्यक्ष फुलवती राजवंशीले प्रत्येक वडाको टोलबाट आउने योजनालाई त्यसमा प्राथमिकताकरणलाई आधार मानेर गौरीगञ्ज गाउँपालिकाको वजेटलाई अघि बढाउने बताउनु भएको छ ।

झापाको गौरीगञ्जमा आज(सोमबार) रिपोर्टस क्लब नेपाल मेची शाखाले आयोजना गरेको नयाँ वजेट र अबको प्राथमिकता विषयक जनप्रतिनिधि सँग पत्रकारको साक्षात्कार कार्यक्रममा नयाँ वजेटमा गाउँपालिकाको प्राथमिकता के मा? भन्ने सवालमा अध्यक्ष राजवंशीले सो कुरा बताउनुभयो । गौरीगञ्ज सिमा बजार भएर पनि विकास उन्नतिमा अघि बढ्न किन सकेन? भन्ने सवालमा सिमा सँग जोडीएको गाउँपालिका भित्रका बजारहरुको व्यवस्थापनको लागि समय सापेक्ष अनुसार सिमा सँग कसरी काम गर्न सकिन्छ त्यसलाई निर्वाचित जनप्रतिनिधीसँग छलफलको माध्यमबाट अघि बढाउने तर्फ लाग्ने स्पष्ट पार्नुभयो ।

यस्तै, गौरीगञ्जलाई व्यापारी केन्द्र बनाउन गाउँपालिकाको नयाँ रणनिति के छ? भन्ने सवालको उक्तर दिँनुहुँदै उत्पादन गरिएको वस्तुलाई कसरी बाहिर पठाउन सकिन्छ त्यसको सुविधाको लागि गाउँघरबाट आउँदै गर्दा केके कुराको आवश्यकता महसुस हुन्छ त्यसलाई पहिलो प्राथमिकता दिएर कृषिजन्य बजारलाई अगाडि बढाएर लगिने बताउनुभएको छ । यस्तै, सम्पन्न हुँदै गरेको हुलाकी राजमार्गको उपयोगिता गाउँपालिकाले कसरी गर्छ? भन्ने सवालमा अधुरो रहेका कामहरुलाई नव निर्वाचित जनप्रतिनिधीले आफ्नो जिम्मेवारी वहन गर्नको लागि केन्द्र देखि प्रदेश सम्म या प्रदेशमा स्थानिय सरकार सँग जन समूदाय सँग छलफल गरेर सबैको साथ सहयोगको अपेक्षा गर्दै आफ्नो कार्यकाल भित्र अधुरो कामहरुलाई पुरा गर्ने तर्फ लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । जनताको पहिलो आवश्यकता स्वास्थ्य शिक्षा र जनजीविकाको सवालमा अबको वजेटमा प्राथमिकतामा के-के राख्ने योजना छ? भन्ने गरिएको प्रश्नमा गाउँपालिकामा स्वास्थ्यका समस्याहरु के छन्, स्वास्थ्यका सुझावहरु कसरी लिएर जान सकिन्छ र स्वास्थ्य सँग जोडिएका आवश्यकतालाई परिपूर्ति गर्नका लागि स्वास्थ्य शाखा सँग छलफल गरेर योजनामा पार्ने बताउनु भएको छ । सामाजिक विषय वस्तुहरुमा उठेका कुराहरुलाई अगाडि बढाउनको लागि नयाँ वजेटमा सामेल गरेर कार्यान्वयन पक्षमा लाग्ने बताउनुभयो ।

यस्तैगरि, विकासको नाममा भौतिक विकास (बाटो,पुल) मात्र विकास हो? असल नागरिक उत्पादन गर्न अबको योजना गाउँपालिकामा के के छ? भन्ने राखिएको सवालमा विकासको नाममा बाटो,पुल मात्र विकास हो भन्न नमिल्ने बताउँदै कुनै पनि नागरिक आफूमा सचेत भएपछि मात्र त्यसलाई विकास भएको भन्न सकिने साथै सम्पन्न विकासको लागि नागरिकको जनचेतना आफू परिपक्व भएपछि मात्र विकासलाई अघि बढाउन सकिने बताउनुभयो । यस्तै, अबको गौरीगञ्ज र यसको मानचित्र ५ वर्षमा कस्तो हुन्छ? भन्ने राखिएको सवालमा अबको पहिलो प्राथमिकतामा किसान र शिक्षालाई राखिएको बताउँदै गौरीगञ्ज गाउँपालिका भित्र रहेका मा.वि, नि.मा.वि, प्रा.विहरुको अवस्थालाई बुझेर त्यसलाई कसरी सुधार पक्षमा लान सकिन्छ भनेर बुद्धिजिवी, राजनितीकदलसँग छलफल गरेर अघि बढ्नुका साथै बेरोजगारीका समस्यालाई हटाएर युवालाई रोजगारी लगायतका समग्र कुराहरुलाई समेटेर गौरीगञ्ज गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने प्रतिबद्धता जनाउनुभयो ।

यस्तैगरी गाउँपालिका कि उपाध्यक्ष पूजन न्यौपानेले अबको वजेटमा पहिलो प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी प्रमुखमा परेको बताउँदै रतुवा माई खोला लगायतका गौरीगञ्जलाई छुने ५ प्रकारका खोलाहरुलाई नियन्त्रण गर्न, तटबन्धका कामहरुलाई अघि बढाउन पहल गरिने, युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न सिपयुक्त कार्यक्रमहरु सञ्चालनमा ल्याइने, महिला लक्षित कार्यक्रमहरु अघि बढाइने, ज्येष्ठ नागरिकहरुलाई सम्मान का कार्यक्रम, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा अनुगमन गर्ने, अबको ५ वर्षमा गौरीगञ्जलाई दृष्यात्मक रुपमा सुन्दर, विकासात्मक रुपमा अघि बढाएर लगिने बताउनुभएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

कार्यक्रममा सहभागी गाउँपालिका का वडाध्यक्षहरुलाई क्लबले सोधेको अबको वजेट कस्तो बन्नुपर्छ? भन्ने सवालमा कृषि, मल, शिक्षा, खानेपानीमा अबको वजेट बढि छुट्याउनुपर्ने बताएका छन् । उक्त कार्यक्रममा पत्रकार लगायत स्थानिय युवाहरुले गाउँपालिका कि अध्यक्ष राजवंशी सँग प्रश्न समेत गरेका थिए ।

कार्यक्रमको सुरुवातमा ग्लोवल संचार मिडिया प्रा.लि. ले गौरीगञ्ज गाउँपालिकामा भइरहेको समस्याहरुको बारेमा तयार गरिएको भिडियो समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमका संयोजक तथा ग्लोवल संचार मिडिया प्रा.लि का प्रबन्ध निर्देशक सम्पादक शेखर सेडाईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुँदै रिपोर्टस क्लब नेपालले गर्दै आएका कार्यहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

कार्यक्रममा गाउँपालिका-१ का वडाध्यक्ष कार्तिकलाल राजवंशी, वडा नं. २ का वडाध्यक्ष किनालाल राजवंशी, वडा नं.३ का वडाध्यक्ष श्रवण गिरी, वडा नंं ४ का वडाध्यक्ष फेका प्रसाद गिरी र वडा नं. ५ का वडाध्यक्ष विजय प्रसाद गनगाई र कार्यपालिका सदस्य रिता तामाङ, ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरिक्षक जितेश दाहाल, पत्रकार, स्थानीयबासीहरु लगायतको सहभागिता रहेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया