Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

झापा, १७ वैशाख २०७९ । इलाम नगरपालिका-८ सिङफ्रिङमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ। बिगत ३ दिन देखि बेपत्ता स्थानीय अन्दाजी ३१ बर्षीय विनिता काफ्लेको शव गाडेको अवस्थामा आज फेला परेको हो।

खनेको ठाउँ देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। इलामका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले शव माटोले छोपिएको र केही चोटपटक लागेको देखिएको बताए।

‘हामीले पुरिएको शव निकालेका छौँ हत्या भएको शंका छ, अनुसन्धानबाट पुष्टि हुन्छ’ एसपी श्रेष्ठले भने। निजको पतिको २ बर्ष अघि मात्र विदेशमा मृत्यु भएको थियो। मृतकको ४ वर्षीय एक छोरी रहेको स्थानीयले जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments