Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

काठमाडौं, १४ वैशाख २०७९ । विदेशी मुद्राको सञ्चितीमा झन् दबाव बढेपछि सरकारले थप १० प्रकारका सामानको आयातमा रोक लगाएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा विवरण प्रकाशित गरी आयात गर्न रोक लगाइएको वस्तुको विवरण सार्वजनिक गरेको हो । जस अनुसार सबै प्रकारका विदेशी मदिराको आयातमा रोक लगाइएको छ । कुरकुरे, कुरमुरे, लेज र त्यस्तै प्रकारका अन्य विदेशी उत्पादनहरुको आयातमा पनि रोक लगाइएको छ । चुरोट तथा सुर्तीजन्य बस्तु कच्चा पदार्थ ल्याउन भने छुट गरिएको छ ।

सूचीसहित :

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

२. सबै प्रकारका तयारी मदिरा

३. चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ)

४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)

५. मोबाइल सेट

६. रंगीन टेलिभिजन (३२ इञ्च भन्दा माथिका)

७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)

८. २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौनाहरु

१०. खेल्ने तास

मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ । यसैगरी वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू हुने छैन ।

 

तपाईको प्रतिक्रिया