Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

झगेन्द्र खड्का
गौरादह, १२ वैशाख २०७९ । झापा जिल्लाको दक्षिणी क्षेत्रमा रहेको गौरादह नगरपालिका सोमबार पनि दलहरुले स्थानीय निर्वाचनको मनोनयन दर्ता गरेका छन। बैशाख ३० गते हुन गईरहेको स्थानीय निर्वाचनमा मनोनयन दर्ताको दोस्रो दिन राजनीतिक दल तथा स्वतन्त्र उमेदवारले मनोनयन दर्ता गरेका छन।

निर्वाचन अधिकृत बिदुर कुमार कार्कीका अनुसार गौरादह नगरपालिकामा स्वतन्त्र उमेदवारका रुपमा मेयर पदमा राधिका धमला, चन्द्र सुवेदी र सोमनाथ घिमिरेले मनोनयन दर्ता गराएका छन। गोबिन्द प्रसाद न्येपानेले उपमेयरमा मनोनयन दर्ता गराएका छन। वडाध्यक्षमा वडा नं.७ बाट बल बहादुर तामाङ र वडा नं.७ बाट निमलाल राजवंशी, सदस्य तर्फ वडा नं.३ बाट दल बहादुर थापा र वडा नं.१ बाट रबि राईले मनोनयन दर्ता गराएका छन।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले निर्वाचन अधिकृतको कार्यलयमा मनोनयन दर्ता गराएका छन। गौरादहको डिपु चौकमा भेला भई बाजागाजा सहित तामझामका साथ मनोनयन दर्ता गराउन निर्वाचन कार्यलय पुगेको थियो। गठबन्धनका तर्फबाट मेयर उपमेयर सहित ४७ पदमा मनोनयन दर्ता गराएका छन। गठबन्धनबाट नेपाली कांग्रेसका रोहित कुमार शाहले मेयर तथा माओवादी केन्द्रका पुष्प ढकालले उपमेयर पदमा मनोनयन दर्ता गराएका छन।

वडाध्यक्ष तर्फ वडा नं.१ बाट नेपाली कंग्रेसका ईन्द्र गौतम, वडा नं.२ बाट कांग्रेसका गोपाल प्रसाद कोइराला ३ बाट माओवादी केन्द्रका सेर बहादुर कार्की, ४ बाट कांग्रेसका नेत्र ढुङ्गाना, ५ बाट कांग्रेसका तारा कुमार श्रेष्ठ, ६ बाट कांग्रेसका तोया प्रसाईं,७ बाट कांग्रेसका दिलनाथ कटुवाल, ८ बाट माओवादी केन्द्रका गणेश राजवंशी र ९ बाट कांग्रेसका गोपाल भट्टराईले मनोनयन दर्ता गराएका छन।

राप्रपाले पनि सोमबार निर्वाचन अधिकृतको कार्यलय गौरादहमा मेयर उपमेयर सहित सबै पदमा मनोनयन दर्ता गराएको छ। राप्रपाबाट मेयरमा गोपाल पौडेल र उपमेयरमा भरिपुर्ण राईले मनोनयन दर्ता गराएका छन। वडाध्यक्षमा वडा नं १ बाट देबेन्द्र कुमार खड्का, वडा नं.२ बाट भोला नेपाल, ३ बाट चन्द्र जंग कार्की, ४ बाट ज्ञानिन्द्र कटुवाल, ५ बाट नर बहादुर कार्की, ६ मा टेकलाल राजवंशी , ७ बाट टेक प्रसाद अधिकारी, ८ बाट हेडेन्द्र थापा र ९ बाट मुरली न्यौपानेले मनोनयन दर्ता गराएका छन।

निर्वाचन अधिकृत बिदुर कुमार कार्कीका अनुसार उन्नत लोकतान्त्रीक पार्टी मिलन श्रेष्ठले मेयर पदमा मनोनयन दर्ता गराएका छन। नेकपा एकीकृत समाजवादी का खगेन्द्र प्रसाद दाहालले मेयरमा सोहि पार्टीका वडा नं.१ को वडाध्यक्षमा नन्दलाल ताजपुरियाले वडाध्यक्षमा र वडा नं (३ का नर बहादुर अधिकारीले सदस्यमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यलय गौरादहले जनाएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments