Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झगेन्द्र खड्का
गौरादह, ३ वैशाख २०७९ । शुभलक्ष्मी सहकारी संस्था गौरादहले सेयर सदस्यहरुलाई आर्थिक कारोवारमा सहजताका लागि भिजा कार्ड संचालनमा ल्याएको छ। संस्थाको २४ औं स्थापना दिवशका अवसरमा सेयर सदस्यहरुको सुबिधाका लागि संचालनमा ल्याएको भिजाकार्डबाट जुनसुकै बैंकबाट रकम झिक्न सकिने संस्थाका कोषाध्यक्ष बिरेन्द्र बस्नेतले जानकारी गराए।

संस्थाले संचालनमा ल्याएको भिजाकार्डबाट नेपाल लगायत भारत र भुटानमा समेत प्रयोग गर्न सकिने कोषाध्यक्ष बस्नेतले जानकारी गराए। स्थापना दिवसका अवसरमा गौरादह-५ मा रहेको आधा आकाश महिला समृद्धि बहुउद्देश्यीय सहकारी संस्था शुभ लक्ष्मी सहकारी संस्थामा समाहित भएको घोषणा गरिएको थियो। त्यस सहकारी संस्थामा ४ सय ५० सेयर सदस्य रहेका थिए भने कुल सेयर पुजी ५० लाख रहेको शुभ लक्ष्मी सहकारी संस्थाका व्यबस्थापक तिलक कार्कीले जानकारी गराए। सामुदायिक भवन गौरादहमा संचालन गरिएको संस्थाको स्थापना दिवस कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य प्रदर्शन गरेका थिए।स्थापना दिवश कार्यक्रममा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति प्रकाश कार्कीले संस्थाको परिचयका साथै संस्थाले हाल सम्म गरेका उपलब्धिहरुको जानकारी गराएका थिए।

त्यस अवसरमा जेष्ठ सेयर सदस्य दुई जनालाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा दुर्गाप्रसाद बराल र चन्द्रा कुमारी अधिकारी रहेका छन। पुर्ब संचालक पदाधिकारी जुद्व बहादुर बिष्ट र शिव प्रसाद दाहाललाई पनि सम्मान गरिएको थियो। संस्थाले संचालन गरेको सहकारी पसलबाट बढी सामान खरिद गर्ने ५ जनालाई मायाको चिनो सहित पुरस्कृत गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बि.उप्रेतीले शुभ लक्ष्मी सहकारी संस्थाको २४ औं स्थापना दिवसको उद्घाटन गर्दै सहकारीको माध्यमबाट समाज समृद्ध बन्नुको साथै मुलुकको बिकाश सम्भव रहेको धारणा राखेका थिए।

प्रदेश सहकारी कार्यलय रजिस्टार हरि बहादुर खत्री, जिल्ला सहकारी संघ अध्यक्ष गणेश ढकाल, गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह, नेकपा एमाले गौरादह नगर अध्यक्ष मित्र देब काफ्ले,नेपाली कांग्रेस गौरादह नगर अध्यक्ष यादव राज सेढाई, राप्रपा नगर अध्यक्ष शान्ति राम पौडेल, नेकपा माओवादीका शेर बहादुर कार्की लगायतले शुभकामना मन्तब्य राखेका थिए। संस्थाका उपाध्यक्ष दिलिप भण्डारीले स्वागत मन्तब्य राखेको कार्यक्रममा सचिब हेम चन्द्र घिमिरे (राजु) ले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया