Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

झगेन्द्र खड्का
गौरादह, ३ वैशाख २०७९। गौरादह नगरपालिका वडा नं.९ को बैगुन्धुरामा संचालन भएको टोल विकास स्तरीय फुटबलको उपाधि टोल नं.१ ले उचालेको छ। शनिबार सम्पन्न फाइनल खेलमा टोल नं.१ ले टोल नं ८ लाई ० का बिरुद्ध १ गोलले पराजित गर्दै उपाधि उचालेको हो। टोल नं.१ का आरभ भुजेलले मध्यान्तर अगाडि गरेको गोल नै निर्णायक बन्यो।

टोल नं १ ले खेल अवधिमा गोल थप गर्ने सुनौला अवसर पाए पनि गोलमा परिणत हुन सकेन।टोल नं ८ ले गोल गर्ने सुनौला अवसर नपाए पनि मध्यान्तर पछि पाएको कर्नरमा टोल नं ८ का राजु थापाले हेड गर्दा पोष्ट बार बाधक बनेको थियो। वडा नं.९ ले नयाँ बर्षको अवसरमा आयोजना गरेको फुटबलमा वडा भित्रका ९ वटा टोल बिकाश सहभागी भएका थिए। अमर मा।बि। बैगुन्धुराको खेल मैदानमा बैशाख १ गते देखि खेल संचालन गरिएको थियो।

बिजेता टिमले नगद १० हजार र उपबिजेता टिमले नगद ५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेका थिए। फाइनल खेल सम्पन्न भएपछि बढी गोल गर्ने राजु थापा, मेन अफ द टुर्नामेन्ट रिजन जिमी, उदयमान खेलाडी मनिश घिमिरे र उत्कृष्ट गोल किपर अर्जुन बस्नेतलाई पुरस्कृत गरिएको थियो।खेल आयोजक समिति का संयोजक जयराम लिम्बूको सभापतित्वमा खेल सम्पन्न भएको थियो। वा नं.९ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सीताराम भट्टराईले वडा भित्र रहेका फुटबल खेलाडीको खेल प्रतिभालाई प्रस्फुटन गराउन खेल संचालन गरिएको जानकारी गराए। पुरस्कार बितरण कार्यक्रममा वडा सदस्य यम कुमारी प्रधान,दिनेश पोख्रेल, कृष्ण गौतम, दिपक लिम्बू लगायतले शुभकामना मन्तब्य राखेका थिए।

तपाईको प्रतिक्रिया