काठमाडौं, ३० चैत २०७८ । लामो समयदेखि घटिरहेको शेयर बजारमा वर्षको अन्तिम दिनमा दोहोरो अंकको सुधार आएको छ ।
उतार चढावबीच बजार परिसूचक नेप्से ३० अंकले उकालो लागेर २४ सय १५ पुग्यो । कारोबार भने थप खुम्चिएर २ अर्ब तलै सीमित भयो ।
कारोबार भएका सबै समूह उकालो लाग्दा सबैभन्दा उच्च निर्जीवन बीमा समूहमा १ सय २९ अंकको वृद्धि आयो ।
लघुवित्त र जीवन बीमा समूह पनि सय अंक हाराहारीले बढे । अरु पनि अधिकांश समूह दोहोरो अंकले सुधारिए ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय २९ कम्पनीको ३४ लाख बराबर कित्ता शेयर १ अर्ब ४७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
बुधबार १ सय ६४ कम्पनीको शेयर मूल्य बढ्दा २५ को घट्यो भने ६ कम्पनीको स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।