Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २९ चैत २०७८ । कारोबार हुने साताको तेस्रो दिन शेयर बजारमा ३४ अंकको गिरावट आएको छ ।

मंगलबार बजार परिसूचक नेप्से ३४.७८ अकंले ओरालो लागेर २३८५.०२ विन्दुमा थामिएको हो । बजार खुल्नेबित्तिकै चार अंकले बढेको नेप्से त्यसपछि ओरालो लागेको हो । सोमबार पनि नेप्सेमा ४४ अंकको गिरावट आएको थियो ।

ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्समा पनि मंगलबार करिब ६ अंकको गिरावट आउँदा ४४९ विन्दुमा झरेको छ । यसमा सोमबार ९ अंकको गिरावट आएको थियो ।

यस दिन होटल तथा पर्यटन समूहको उपसूचक ३ अंकले उकालो लाग्दा बाँकी सबै समूह ओरालो लागे । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी २३५ अंकले झर्दा सबैभन्दा कम म्युचल फन्ड शून्य दशमलव १९ अंकले घट्यो ।

यस दिन नेस्डो समृद्ध लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा इमर्जिङ नेपाल लिमिटेड र न्यादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

मंगलबार २ सय ३७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता शेयर कारोबार हुँदा १ खर्ब ५२ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।

 

तपाईको प्रतिक्रिया