Online Bichar
शनिबार, बैशाख २९, २०८१ | Saturday, May 11, 2024

काठमाण्डौ, २७ चैत २०७८ । एनसेलले नेपाली नयाँ वर्ष २०७९ को अवसरमा ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ । यी अफर आज आइतवार (चैत २७ गते) देखि सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले सात दिन र २८ दिन समयसीमा रहेका विभिन्न प्याक सुरु गर्न सक्छन् । प्याक अनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डाटा, अल नेट एसएमएस र नन्स्टप अन नेट भ्वाइस सेवाजस्ता आकर्षक सेवा बन्डलिङबाट फाइदा लिन सक्छन् ।

त्यस्तै रिचार्ज योजनाअन्तर्गत प्रत्येक ग्राहकले ५० रुपैयाँ वा त्योभन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरूप फेसबुक, टिकटक, युट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्दछन् ।

कम्बो प्याक अन्तर्गत सात दिनको समयसीमा रहेको प्याक ग्राहकले करसहित ९६ रुपैयाँमा सुरु गर्न सक्छन् । यस प्याकमा बन्डल गरिएको एक जीबी अलटाइम डाटा र कुनै पनि नेटवर्कमा फोन गर्न सकिने एक सय मिनेट अल नेट टक टाइम बाट फाइदा लिन सक्छन् ।त्यस्तै ग्राहकले एक सय ६८ रुपैयाँमा पाँच जीबी अल टाइम डाटा र एक सय मिनेट अल नेट टक टाइम रहेको अर्को सत दिने प्याक एक सय ६८ रुपैयाँमा सुरु गर्न सक्छन् ।ग्राहकका लागि २८ दिन समयसीमा रहेको प्याक पनि रहेको जसअन्तर्गत ग्राहकले दुई सय ९८ रुपैयाँमा २।५ जीबी डाटासँगै दुई सय ५० मिनेट अल नेट टक टाइमको फाइदा लिन सक्छन् । इच्छुक ग्राहकले ८१७१२३८१३ डायल गरी यो प्याक सुरु गर्न सक्छन् ।

कम्बो प्याक अन्तर्गत नै विशेष प्रिपेड ग्राहकका लागि धेरै डाटा भोलुम सहित २८ दिन समयसीमा रहेको अन्य दुई प्याक पनि रहेका छन् । सात सय ९८ रुपैयाँमा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन एक जीबी डाटा सहित नन्स्टप अन नेट कल सुविधा पाँच हजार मिनेटको फेयर युसेज पोलिसी अन्तर्गत रही ५० मिनेट अफ नेट टक टाइम र एक सय अल नेट एसएमएसको फाइदा लिन सक्छन् ।यसै २८ दिने प्याकमा रहेको अर्को योजनामा ग्राहकले नौ सय ९८ रुपैयाँमा हरेक दिन दुई जीबी डाटा २८ दिनसम्म एनसेल नेटवर्कभित्र नन्स्टप कल सुविधा, एक सय मिनेट अफ नेट टक टाइम र दुई सय वटा अल नेट एसएमएस पाउँछन् ।

यसका साथै रिचार्ज योजनामा ग्राहकले ५० रुपैयाँ वा त्योभन्दा बढीको हरेक रिचार्जमा सोसल मिडिया डाटा प्याक प्राप्त गर्दछन् । ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्ने ग्राहकले एक दिनको समयसीमा रहेको ५० एमबी सोसल प्याक प्राप्त गर्दछन् ।त्यस्तैगरी एक सयदेखि एक सय ९९ रुपैयाँको रिचार्जमा ग्राहकले तीन दिनको समयसीमा रहेको दुई सय एमबी सोसल प्याक र दुई सय वा त्योभन्दा बढीको रिचार्जमा ग्राहकले सात दिनको समयसीमा रहेको पाँच सय एमबी सोसल प्याक पाउँछन् । यसरी बोनसमा पाइने सोसल प्याकको डाटा ग्राहकले फेसबुक, टिकटक र युट्युब चलाउन प्रयोग गर्न सक्छन् । यो रिचार्ज योजना १५ दिनका लागि मान्य रहनेछ ।

 

तपाईको प्रतिक्रिया