Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

विराटनगर, १५ चैत २०७८ । साइनो स्पोर्टस क्लब रानी विराटनगर दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । गोधुली क्लब धरान सुनसरीलाई ‘सडन डेथ’ मा ९–८ गोलले हराउँदै साइनो फाइनलमा पुगेको हो । साइनोले फाइनलमा बुधबार हुने अन्तिम सेमिफाइनलमा गोलबजार प्रतिभा फुटबल क्लब सिराहा र दमक एकेडेमी झापाबीच जित्ने टिमसँगै प्रतिस्पर्धा गर्नेछ ।
विराटनगरस्थित जुट मिलको खेलमैदानमा मंगलबार भएको खेलमा निर्धारित समयसम्म गोलरहित खेल बराबरीमा टुंगिदा खेलको निर्णाय सडन डेथबाट लिइएको थियो ।

सडन डेथमा साइनोका अशोक खवास, कैलाश बस्नेत, दिवाकर चौधरी, निशेन सुब्बा, मिन धिमाल, खमिर गिल्सन, दिनेश राई, भुवन बस्नेत र एन्जल श्रेष्ठले गोल गरेका थिए । निशान लिम्बुको प्रहार पोसमा ढोकिएर बाहिरयो ।
धरानका दोर्जे तामाङ्ग सुशिल राई, दिवस सुनवार, मनोज राई, जिवन गुरूङ, मनिष थापा, तपन कार्की र उमेश राईले गोल गरे । मिलन राई र सन्जित राईको प्रहार साइनोका गोलकिपर एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरिदिए । धरानका दुई जना खेलाडीको सशक्त प्रहार उत्कृष्ट बचाउ गरि टिमलाई फाइनल यात्रा सुरिक्षत गराउने साइनका गोलकिपर एन्जल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

निर्धारित समयमा दुवै दुवै टिम आक्रमक खेल पस्किए पनि दुवै टोलीले गोल गर्न असफल रहे । दुवै टिमले थुप्रै गोल गर्ने अवसर खेर फाले । निर्धारित समयसम्म धरानका खेलाडीले लगातार प्रहार गरे पनि साइनोका गोलकिपर एन्जलले उत्कृष्ट बचाए । दोस्रो हाफदेखि आक्रमक प्रर्दशन गरेको साइनोका निश्चल लिम्बुले ४५ औं मिनेटमा डिबक्स भित्रबाट ‘बाइसाइकल किक’ धारनका गोलकिपर सृजन राईले उत्कृष्ट बचाउ गरे । ५७ औं मिनेटमा धरान गोल गर्नबाट चुक्यो । भुवन बस्नेतको सशक्त प्रहार पोस माथिबाट बाहिरियो । ६० औं मिनेटमा साइनका निश्चल लिम्बुले बक्सभित्रबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

 

तपाईको प्रतिक्रिया