Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, १४ चैत २०७८ । कोभिड संक्रमण बढेपछि चीनको संघाईमा फेरि लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमण दर कम नभएपछि सो शहरमा ९ दिने लकडाउन घोषणा गरिएको हो ।

दुई चरणमा ९ दिनका लागि गरिएको लकडाउन संघाई शहरको पुर्वी भागमा आजदेखि १ अप्रिलसम्म र पश्चमतर्फ अप्रिल १ देखि ५ अप्रिलसम्म लागु हुनेछ ।

सो अवधिभर यातायात सेवा पूर्ण रुपमा बन्द रहनेछ भने कलकारखानाहरुमा भौतिक दुरी कायम गरी काम गर्नुपर्ने छ ।

विश्वका अन्य देशहरुमा ओमिक्रोन भेरियन्ट केही हदसम्म नियन्त्रणमा आए पनि चीनमा पछिल्लो समय संक्रमण नियन्त्रणमा आउन सकेको छैन । उनीहरुका अनुसार लकडाउनको अवधिभर कोरोना नियन्त्रणमा नआए लकडाउनको अवधि पुनः बढाइनेछ ।

 

तपाईको प्रतिक्रिया