Online Bichar
सोमबार, भाद्र २९, २०८३ | Monday, September 14, 2026

झगेन्द्र खड्का
गौरादह, १० चैत २०७८ । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको गौरादहमा सेवा केन्द्र कार्यालय उद्घाटन गरिएको छ। गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि रोहित कुमार शाहले औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका छन।

प्रधान कार्यालय दमकमा रहेको स्वर्णलक्ष्मी सहकारीको सेवा कन्द्र कार्यलय गौरादहमा उद्घाटन गर्दै मेयर शाहले बढ्दो सहरिकरण सँगै सहकारी संस्थाको संख्यामा वृद्धि हुँदा नागरिकहरुलाई जीवनमा सहज भएको बताए। गौरादह क्षेत्रमा सहकारी संस्था बृद्धी भई सस्तो र सहज रुपमा नागरिकहरुमा लगानी बढाउदा नागरिकहरुको जीवन स्तर उक्सिएको बताए।

संस्थाको १३ औं स्थापना दिवसका अवसरमा गौरादह सेवा केन्द्रको औपचारिक उद्घाटन गरिएको संस्थाका अध्यक्ष रबि न्योपानेले जानकारी गराए। संस्थाले २०७८ माघ २३ गतेबाट गौरादहमा सेवा केन्द्र संचालनमा ल्याएको थियो। संस्थाको आफ्नो भवन नभएकाले गौरादह-२ को डिपुमा स्थानीय मान प्रसाद घिमिरेको घर भाडामा लिई कार्यालय संचालन गर्दै आएको छ। झापा जिल्लाका साथै मोरङको उर्लाबारी र पथरीलाई कार्यक्षेत्र बनाएको संस्थाले दमकमा प्रधान कार्यालय संचालन गरि झिलझिले, सुरुङगा, उर्लाबारी र गौरादहमा सेवा केन्द्र संचालन गरेको संस्थाका व्यवस्थापक कमल कुमार घिमिरेले जानकारी गराए। २०६६ साल चैत ११ गते देखि संचालनमा आएको स्वर्ण लक्ष्मी सहकारी संस्थामा हाल सम्म ७ हजार ७ सय ७३ जना सेयर सदस्य आबद्ध रहेका छन। गौरादह सेवा केन्द्रमा ४ सय सेयर सदस्य रहेको व्यवस्थापक घिमिरेले बताए। संस्थाले हाल सम्म शेयर  सदस्यहरु समक्ष ५८ करोड ५१ लाख ऋण लगानी गरेको, ६६ करोड ३१ लाख बचत र ११ करोड २१ लाख ५१ हजार सेयर रकम रहेको संस्थाका लेखा संयोजक दिप प्रसाद अधिकारीले जानकारी गराए ।

संस्थाका अध्यक्ष रबी न्यौपाने सभापतित्वमा सम्पन्न सेवा केन्द्र उद्घाटन कार्यक्रममा संस्थाका सचिव बिमल बरालले स्वागत मन्तब्य राखेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments