Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठ्माडौं, ८ चैत २०७८ । सुनको भाउ फेरि प्रतितोला १ लाख नाघेको छ । एक सातासम्म १ लाखमुनि कारोबार भएको सुन मंंगलबार प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ । सोमबारको तुलनामा प्रतितोला ८ सयले सुन महँगिएको हो ।

यसअघि फागुन २५ गते १ लाख ५ हजार ५ सय रुपैयाँसम्मको उच्च रेकर्ड बनाएको सुन त्यसयता केही घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा फेरि मूल्य बढेकाले नेपालमा पनि असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । रुस र युक्रेनको युद्ध तत्काल हल नहुने संकेत देखिएपछि अन्तर्राष्ट्रिय बजारमा फेरि सुनको मूल्य बढेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए ।

त्यस्तै चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला १३९५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ । यसअघि फागुन २५ गते चाँदीको भाउ पनि प्रतितोला १४५० रुपैयाँसम्म पुगेको थियो ।

तपाईको प्रतिक्रिया