Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २ चैत २०७८ । कारोबार हुने साताको चौथो दिन पनि शेयर बजार परिसूचक नेप्सेमा दोहारो अंकको गिरावट आएको छ ।

मंगलबार १७ अंकले घटेको नेप्से बुधबार पनि १९ अंकले घटेर २ हजार ६ सय ३१ को विन्दुमा आइपुगेको छ । क वर्गका कम्पनीहरुको कारोबार हुने सेन्सेटिभ इन्डेक्स पनि ५ अंकले घटेर ४ सय ९७ विन्दुमा झरेको छ । २ हजार ६ सय ५३ विन्दुबा सुरु भएको बजार, १७ मिनेटसम्म उकालो चढे पनि त्यसपछि भने घट्न थालेको हो । ११ बजेर १७ मिनेटमा बजार बढेर २ हजार ६ सय ६० विन्दुमा पुगेको थियो । तर त्यसपछि भने निरन्तर घट्यो ।

यस दिन होटल तथा पर्यटन ६६, निर्जीवन बीमा ७७ र म्यूचल फण्ड नगन्य अंकले बढ्नुबाहेक अन्य समूहका उपसूचकहरू राताम्मे रहे । सबैभन्दा बढी विकास बैंक समूह ६१ अंकले घट्दा सबैभन्दा कम लगानी समूह करिब १ प्रतिशतले घटेको छ ।

बजार घटिरहँदा पनि इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्यमा भने बढोत्तरी आइरहेको छ । कम्पनीले पछिल्लो तीन दिनदेखि सकरात्मक सर्किट हानिरहेको छ । अहिले उक्त कम्पनीको सेयर मूल्य ४ सय ७२ रुपैयाँ पुगेको छ ।

बुधबार २ सय ३१ कम्पनीका ४९ लाख ६७ हजार ४ सय ७१ कित्ता शेयर २ अर्ब ५७ करोड ४ लाखमा कारोबार भएको छ । नेप्से घटेसँगै कारोबार रकममा पनि कमि आएको हो । मंगलबार ३ अर्ब बढीको कारोबार भएको थियो ।

 

तपाईको प्रतिक्रिया