Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

झापा, १ चैत २०७८ । झापामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट इलाम सुर्योदय नगरपालिका-१ सिर्जना टोल बस्ने ३९ वर्षीय कमल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । सोमबार(हिंजो) अन्दाजी ७ः३५ बजेको समयमा कमल गाउँपालिका-५ सितापुरीस्थित पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ८८३६ नम्बरको बसले राजमार्गमा पैदलयात्री राईलाई ठक्कर दिएको थियो।

घाइते राईलाई लाइफ लाइन अस्पताल दमक लगिएकोमा अस्पताल नपुग्दै उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाठकले बताउनुभयो।

रुपन्देहीको बुटवल नगरपालिका-९ बस्ने बस चालक ५२ वर्षीय पूर्णबहादुर पौडेललाई बससहित इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments