Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १ चैत २०७८ । झापामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट इलाम सुर्योदय नगरपालिका-१ सिर्जना टोल बस्ने ३९ वर्षीय कमल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । सोमबार(हिंजो) अन्दाजी ७ः३५ बजेको समयमा कमल गाउँपालिका-५ सितापुरीस्थित पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ८८३६ नम्बरको बसले राजमार्गमा पैदलयात्री राईलाई ठक्कर दिएको थियो।

घाइते राईलाई लाइफ लाइन अस्पताल दमक लगिएकोमा अस्पताल नपुग्दै उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाठकले बताउनुभयो।

रुपन्देहीको बुटवल नगरपालिका-९ बस्ने बस चालक ५२ वर्षीय पूर्णबहादुर पौडेललाई बससहित इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया