Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

एजेन्सी, २९ फागुन २०७८। चीनमा २ वर्षपछि एकै दिन आइतबार २ हजार नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

चीनमा कोरोना नियन्त्रणमा आइसकेको दाबी गरिएको बेला २ वर्षपछि फेरि कोरोना संक्रमण फैलिन थालेपछि विश्वभर चिन्ता बढेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । चीनका धेरै शहरहरुमा कोरोनाका नयाँ संक्रमित देखिन थालेका पनि संचारमाध्यमहरुले जनाएका छन् । कोरोना महामारी विश्वभर नियन्त्रणमा जान थालेको विश्लेषण भइरहँदा चीनमा फेरि संक्रमण बढ्नु विश्वकै लागि चिन्ताको विषय भएको छ । जसले गर्दा फेरि कोरोना महामारीको नयाँ लहर आउने अनुमान गर्न थालिएको छ ।

चीनको स्वास्थ्य मन्त्रालयका अनुसार चीनमा २ वर्षपछि पहिले पटक एकै दिनमा यति धेरै संक्रमित भेटिएका हुन् । नेसनल हेल्थ कमिसनका अनुसार सन् २०२० पछि यो सबैभन्दा ठूलो दैनिक तथ्याङ्क हो । कोरोना बढे सँगै चीनका शहरहरूमा केहि प्रतिबन्ध लगाइएका छन् । साथै ठूलो मात्रामा कोरोना परिक्षण भइरहेको छ । कोरोनाको बढ्दो संक्रमणका कारण सांघाइका विद्यालयहरू तत्कालका लागि बन्द गरिएका छन् ।

केही शहरहरुमा लकडाउन समेत गरिएको छ । सर्वसाधरणलाई सार्वजनिक स्थानमा जान, समूहमा खाना खान र सभामा भाग लिन प्रतिबन्ध लगाइएको छ ।

सन् २०१९ को अन्त्यतिर चीनमा देखिएको यो भाइरस ले सिङगो विश्वलाई त्रसित बनाएको थियो ।

 

तपाईको प्रतिक्रिया