Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २९ फागुन २०७८ । साताको सुरुको दिन आइतबार शेयर बजारमा उच्च सुधार आयो । बजार परिसूचकमा सय अंक बढीको वृद्धि आयो । निरन्तरजसो वियरिष ट्रेण्डमा रहेको बजारमा गत बिहीबारदेखि सुधारिन थालेको हो । बिहीबार नेप्से ५२ अंकले बढेपनि कारोबार खासै सुधारिन नसकेकोमा आइतबार कारोबार पनि उल्लेख्य बढ्यो । बैंकहरुले यो महिना ब्याजदर स्थिर गर्ने निर्णयको प्रभाव लगानीतर्कामा परेको विश्लेषण गरिएको छ । उतारचढावबीच बजार परिसूचक नेप्से १ सय १ अंकले उकालो लागेर २६ सय ६७ पुग्यो । कारोबार पनि ५ अर्ब नजिक पुग्यो ।

सबै समूह उकालो लाग्दा जीवन बीमा समूहमा सबैभन्दा उच्च ९ सय २२ अंकको वृद्धि आयो । निर्जीबन बीमा समूह पनि ५ सय ६७ अंकले उक्लियो । उत्पादनमूलक समूह ३ सय अंक बढीले उकालो लाग्यो । विकास बैंक समूह २ सय अंक बढीले उकालो लाग्दा होटल तथा पर्यटक समूह पनि डेढ सय अंकले बढ्यो ।

व्यापार समूहमा पनि सय अंक माथिको बृद्धि आउँदा अरु पनि अधिकांश समूह दोहोरो अंकले सुधारिए । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २८ कम्पनीको ९० लाख कित्ता शेयर ४ अर्ब ८७ करोड बराबरमा किनबेच भएको नेप्सेले जनाएको छ । यस दिन १ सय ८८ कम्पनीको मूल्य बढ्दा जम्मा ४ को घटेको पनि नेप्सेले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया