Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

एजेन्सी, २८ फागुन २०७८ । यमनको गृहयुद्धमा दुई महिनाको अवधिमा कम्तीमा ४७ बालबालिकाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्र बाल कोष युनिसेफले शनिबार एक प्रतिवेदन सार्वजनिक गर्दै युद्धमा थुप्रै बालबालिका अङ्गभङ्ग भएको जनाएको छ ।

जनवरी र फेब्रुअरी महिनामा हिंसामा वृद्धि भएपछि कम्तीमा ४७ बालबालिका ‘हत्या वा अपाङ्ग’ भएको युनिसेफले जनाएको हो ।

गृहयुद्धको चपेटामा सबैभन्दा बढी बालबालिका परेको पनि यमनका लागि युनिसेफका प्रतिनिधि फिलिप डुआमेलले जनाएका छन् ।

साउदी नेतृत्वको सैन्य गठबन्धनले मध्यपूर्वी देश यमनमा हवाई आक्रमण सुरु गर्दा सन् २०१५ यता कम्तिमा १० हजार बालबालिका मारिएका वा घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।

हुथी विद्रोहीहरूले राजधानी साना र उत्तरी यमनको ठूलो भाग कब्जा गरेपछि राष्ट्रपति अब्द–रब्बु मन्सुर हादीलाई भाग्न बाध्य पारिएसंगै सैन्य हस्तक्षेप भएको थियो ।

यमनमा इरान समर्थित हुथी विद्रोही र साउदी नेतृत्वको सैन्य गठबन्धनले समर्थन गरेको सरकारी सेनाबीचको युद्धको प्रत्यक्ष वा अप्रत्यक्ष परिणाम स्वरुप सयौं हजारौं मानिसको मृत्यु भएको जनाइएको छ ।

यसैबीच, रुसले आक्रमण पछि दुई हप्ताको अवधिमा युक्रेनमा ७१ बालबालिकाको मृत्यु भएको छ । दुई देशबीचको जारी युद्धमा एक सय भन्दा बढी बालबालिका घाईते भएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया