Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

एजेन्सी, २७ फागुन २०७८ । युक्रेनसँग युद्ध भएको १६ औं दिनमा आइपुग्दा रुसले हमलालाई तीव्र बनाउँदै लगेको छ ।

गत मंगलबार एक दिनका लागि युद्धविराम गरेको रुसले पुनः आक्रमण तीव्र पारेको हो । रुसी हवाई हमलामा युक्रेनको ऐतिहासिक रंगशाला ध्वस्त भएको छ । पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको नाममा स्थापित उक्त रंगशाला शुक्रबार विहान रुसले गरेको हवाई हमलामा ध्वस्त भएको हो । सोही हमलामा एक जनाको मृत्यु भएको छ ।

युक्रेनको प्रशिद्ध लाइब्रेरी पनि ध्वस्त भएको छ । युक्रेनका महत्वपूर्ण विमानस्थल लक्षित गरी बम विस्फोट गराइएको छ । युक्रेनको पश्चिमी क्षेत्रमा रहेको लुत्स्क विमानस्थलमा बम बिस्फोट भएको हो । जसका कारण विमानस्थलका केही संरचनाहरु ध्वस्त भएका छन् ।

जारी युद्धका बीच युक्रेनका लाखौं मानिस शरणार्थीको रूपमा अन्यत्र पलायन भइसकेका छन् । यता युक्रेनको चर्नीहीव शहरमा पानीको हाहाकार भएको छ । रुसी हमलाका कारण पानीको मुहान ध्वस्त भएकाले हजारौं जनता पानी खानबाट बन्चित भएका छन् ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र रुसका राष्ट्रपतिविरुद्ध सामाजिक सञ्जालमा खुलेर आलोचना र विरोध गर्न युक्रेनी जनतालाई अपिल गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया