Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

कमल, २७ फागुन २०७८। झापाको कमल गाउँपालिकामा सञ्चालित प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा चारतारे फुटबल क्लब मोरङलाई पाखा लगाउँदै रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनलमा प्रवेश गरेको छ । आज शुक्रबार भएको खेलमा रेडहर्ष इलामले चारतारे मोरङ विरुद्ध २–१ को नतिजा निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो ।

खेल सुरु भएको २५औं सेकेण्डमा नै चारतारेका आयुष लिम्बुले गोल गरे । खेलको अग्रता कायम गरिरहेको चारतारे विरुद्ध रेडहर्षका युवराज राईले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टिमलाई बराबरीमा ल्याए । नतिजा पहिलो हाफमा १–१ को बराबारी भएको थियो ।
रेडहर्षको तर्फबाट दोस्रो हाफको १४औ मिनेटमा युवराज राईको क्रसमा मनिस थापाले गोल गर्दै नतिजा दोब्बर बनाए । खेलमा दुबै टिमले गोल गर्ने अवसर प्राप्त गरे पनि थप गोल गर्न नसक्दा नतिजा २–१ मा टुङ्गिएको थियो ।

खेलको प्लेयर अफ दि म्याच रेडहर्षका मनिस थापा भए । उनले नगद २ हजार ५ सय रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत शनिबारको अन्तिम क्वार्टर फाइनल खेल बेलबारी फुटबल क्लब मोरङ र धुलाबारी फुटबल एकाडेमि झापाबीच हुने खेल संयोजक तेजकुमार राईले बताए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल क्लब मोरङ, चारतारे फुटबल क्लब लेटाङ, धुलाबारी फुटबल एकेडेमी झापा, रेडहर्ष फुटबल क्लब इलाम, एपिएफ पकली सुनसरी, र आयोजक टिम कमल गाउँपालिका खेलकुद विकास समिति झापा रहेको छ ।
प्रतियोगिताको विजेताले नगद २ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेता टिमले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ । खेलको म्यान अफ दि म्याच, विधागत उत्कृष्ट खेलाडी साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीहरु पुरस्कृत हुनेछन् । प्रतियोगिता कमल गाउँपालिका-३ स्थित केरखा खेलमैदानमा भइरहेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया