Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २१ फागुन २०७८ । नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर वृद्धि गरेको छ ।

दुई दिनअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले नयाँ भाडादर सार्वजनिक गरेको हो । निगमले हवाई इन्धनको मूल्य पनि समायोजन हुने बताएको थियो । मूल्य समायोजनसँगै संघले शनिबार नयाँ भाडादर सार्वजनिक गरेको हो । नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइट ३४० रुपैयाँसम्म वृद्धि भएको छ । काठमाडौं–भद्रपुर ३००, काठमाडौं–विराटनगर २४०, काठमाडौं–धनगढी ४४५ रुपैयाँसम्मले हवाई भाडा बढेको छ ।

आन्तरिक उडानर्फ कम्तिमा ९० रुपैयाँदेखि बढीमा ५४० रुपैयाँसम्म भाडा वृद्धि भएको संघले जनाएको छ । सबैभन्दा कम काठमाडौं सिमरा उडानमा बढेको छ भने बढी विराटनगर–नेपालगञ्ज रुटमा बढेको छ ।

नयाँ हवाई भाडादर आइतबारबाट लागू हुने संघले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया