Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

प्रदिप धमला
गौरादह, १९ फागुन २०७८ । राजनीतिलाई नीतिमा सबैभन्दा प्रमुख नीति पनि भनिन्छ । विश्वमा सबै राष्ट्रले राजनीतिलाई नै प्रमुख मानेर देशको हरेक पक्षको विकासमा त्यहाँको राजनीतिक प्रणाली र राजनीतिक संस्कालाई अँगाल्छन् व्यक्ति वा समुहको राजनीति र राजनीतिक वस्तुप्रतिको द्वष्टिकोण नै उसको राजनीतिक संस्कार हो ।

नेपालको वर्तमान राजनीतिलाई हेर्ने हो भने मान्छेहरु राजनीतिलाई घृणाको द्वष्टिकोणले हेर्दछन् अझ भनौ राजनीति एक फोहोरी खेल हो भन्छन् । उनीहरु राजनीतिबारे पटक्कै चासो राख्दैनन् । यस्तो किन भयो सहज उत्तर के भन्दा हाम्रा नेताहरुले असल तथा कुशल राजनीतिक संस्कारको राजनीति गरेनन् र जनतालाई सधैं धोका मात्रै दिए । कुनै व्यक्तिको आफ्नो मुलुकमा प्रचलित राजनीतिक प्रणालीप्रति सहमति या लगाव हुन्छ भने कुनै व्यक्तिको त्यसप्रति द्वष्टिकोण असहमत भिन्न र अलगावपुर्ण हुन्छ । कसैले समाजवादी राजनीतिक प्रणाली कसैले पुँजीवादी कसैले संसदीय त कसैले साम्यवादीजस्ता विभिन्न किसिमका राजनीतिक प्रणाली रुचाँउछन । वास्तवमा व्यक्तिको वा समुहको उपयुक्त द्वष्टिकोण वा मानसिक अवस्था नै उसको राजनीतिक संस्कार हो । राजनीतिक संस्कार राजनीतिक प्रणालीको सामूहिक इतिहास र त्यसका सदस्यहरुको जीवन इतिहासको उपज हो । त्यसैले यो सार्वजनिक घटना र व्यक्तित्व अनुभव दुवैमा समान रुपले निहित रहन्छ । समाजको सन्दर्भमा संस्कृतिको जुन स्थान छ राजनीतिक संस्कारको पनि त्यही स्थान छ ।

आज विश्वका जतिसुकै मुलुक समृद्ध छन् ती सबै मुलुकहरु कुनै न कुनै राजनीतिक संसकारसँग आवद्ध छन् र सरकारका सवै अंगबिना हस्तक्षेप एउटा प्रणालीमा आधारित रहेर चलेका छन् । जति गरिब राष्ट्रहरु छन् ती देशहरु उचित संस्कारको अभावमा कुनै पनि व्यवस्थाको अभ्यासमै व्यस्त छन् । चाहे त्यो प्रजातान्त्रिक होस संसदीय होस् वा अन्य कुनै । विश्वका केही देशहरुको राजनीतिक संस्कार र परिवर्तनलाई हेर्दा उक्त देशहरुले अंगालेका नीति र प्रणालीका कारण प्रगति गरेको देख्न सकिन्छ । एउटा ज्वलन्त उदाहरण हो हाम्रै छिमेकी राष्ट्र चीन जसले आर्थिक उदारीकरणको नीति लिदै जाँदा विश्वमै आर्थिक क्रियाकलापमा पहिलो राष्ट्र बन्न सफल भयो । किनकी त्यहाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले जे कुरा निर्णय गर्दछ त्यो सबै ठाउँमा लागू हुन्छ । फलस्वरुप विश्वमा शक्तिशाली मुलुकको रुपमा स्थापित हुन सफल भएको छ । त्यस्तै बेलायतमा भएको ‍औद्योगिक क्रान्तिले प्रशस्त उद्योगधन्दाहरु खुले र उत्पादित वस्तुहरुलाई विश्व बजारमा बेचेर आर्थिक उन्नति गर्यो सम्पन्न भयो । फ्रान्समा भएको राज्य क्रान्तिले त्यहाको शासन व्यवस्थामा सुधार ल्यायो र वर्तमान समयमा शासन व्यवस्थामा उत्कृष्ट राज्यको रुपमा चिनिन्छ । यि केही उदाहरण असल राजनीतिक संस्कारका परिणाम हुन् । त्यस्तै, जर्मनमा हिटलरले ६० हजार भन्दामाथि मान्छे मार्दा आँफै मर्न बाध्य भए । इटलीमा मुसोलिनीले पनि त्यस्तै दुर्दशा भोग्नु पर्यो । इराकले कुवेतमाथि आक्रमण गर्दा इराकका तत्कालीन शासक सद्दाम हुसेनको अन्त्य भयो । रोमानियामा निरंकुशता लाद्दा चाउचेस्कुको अन्त्य भयो । बेलायतका राजा चाल्स प्रथमले जनतामाथी धेरै कर थुपार्दा जनताले नै फाँसी दिएको उदाहरण छ । यि उदाहरणहरु खराब राजनीतिक संस्कार तथा गलत नीतिका परिणाम हुन् । यस्ता घटनाक्रम र राजनीतिक संस्कारबाट नेपालजस्तो गरिब मुलुक र गरिब मुलुकका हामी निरिह जनताले बुझ्नु पर्ने कुराहरु धेरै छन् । भनिन्छ कुनै पनि परिवारमा परिवारका ठुला सदस्यले जस्तो संस्कार सिकाउँछन् । त्यस्तै संस्कार सानो सदस्यले सिक्छन् । तँ भन्न सिकेकाले तँ नै भन्छन् ।

त्यसैले नेपालको वर्तमान राजनीतिक संस्कार र हाम्रा राजनेताहरुले जे जस्ता संस्कार हामी नागरिकलाई सिकाएका छन् । ति संस्कारबाट हामी सचेत हुनु आवश्यक छ । लोकतन्त्रको लागि नेपाली जनताको कठोर त्याग बलिदान र उत्सर्गसहितको निरन्तर संघर्ष पछि संविधानसभाबाट संघीय राज्यव्यवस्था सहितको नयाँ संविधान कार्यान्वयन गर्दै विकास र समृद्धिको जनाकांक्षा सम्बोधन गर्नुपर्ने गहन जिम्मेवारी बोकेको नेपाली राजनीति भने लोकतान्त्रिक मूल्य मान्यता विपरित राजनीतिक विकृति र भ्रष्टाचारले थला परेको छ । भुकम्पपछि कोभिड-१९ ले थला परेको देशमाथि खेलवाड गरी आफ्नो दुनो सोझाउन गरिपरेका पार्टीका झोले भक्तहरुले र नेता भनाउँदाहरुले कहिले जनताको भावनाको कदर गर्लान् । भोक र रोगमा पनि राजनीति गर्न लाज लाग्नुपर्ने हैन, कहिले गर्ने जनताको मन जित्ने काम असल राजनीतिक संस्कारको थालनी गर्न किन ढिलाई मानव सभ्यताको विकासलाई पार गरेर हामी नेपालीहरु कहाँसम्म आइपुगेका छौ आदिम साम्यवादको दास युग सामन्तबाद पुँजीवाद समाजवादको उतरावपछि स्वघोषित साम्यवादको परिकल्पना हुनसक्दछ । मानव सभ्यताको विकास यी विकासक्रम भित्र हामी कहाँ रहेका छौ र कसरी त्यसलाई प्रयोगमा ल्याइरहेका छौ । यतापट्टिनि सोच्नुपर्ने हैन र नेपालजस्तो अल्पविकसित राष्ट्रहरुमा जनता धेरै प्रतिशत अशिक्षित र गरिबीको रेखामुनी रहेका हुन्छन् । फेरि अल्पविकसित राष्ट्रहरुमा विचार सिद्धान्तको अमुर्त भारी बोकाएर जनतामाथि नेताहरुले शासन गरिरहेका हुन्छन् । वास्तवमा जनतालाई शिक्षित बनाई आर्थिक पक्षलाई मजबुद बनाउँदै जानुपर्ने हो । तर नेताहरु किन यस्तो गर्न चाहँदैनन् । तर जनताले देशका लागि तिरेको करले देशको भरथेग हुने हो । जनताहरुले तिरेको करको सही सदुपयोग भएको छ कि छैन । जनताले खोज्नु र बुझ्नु पर्ने पहिलो आवश्यकता हो । करहरु उचित सदुपयोग नगरेका कारण नेपाल दिनानुदिन कंगाल बनिरहेको छ । जनताले तिरेका करहरु र दातृ संस्थाहरुले दिएका सहयोग उचित गाउँमा प्रयोग नगरी आफ्नो घेरामा राखेर भागबण्डा गरेर भ्रष्टाचार गरिरहेको सबैलाई थाहा भएको कुरो हो । तर भ्रष्टाचार गरेर जनतालाई गरिबीको रेखामुनी पार्ने तिनै भ्रष्टचारी र नालायक नेताहरुलाई जनताले आफ्नो अधिकार बेच्न बाध्य भएका छन् । जनताले त्यस्ता पार्टी र नेताको झोला बोकेर कहिले सम्म हिड्ने ? यो भन्दा ठुलो दुर्भाग्य के हुन सक्छ ।

नेताहरुले मात्र देश बिगारेका छैनन् । नेपाली जनता आफैं पनि समस्यको एउटा पाटो बनिरहेका छन् । आफ्नै परिश्रमले आफैलाई शोषण गरिरहेको जनताले जबसम्म बुझ्नदैनन् तबसम्म देश कंगाल बन्दै गइरहने छ । जुन पार्टीका नेता भ्रष्टाचार गरेको आरोपमा जेलनेल भोगेका छन् तिनै पार्टी र नेताहरुलाई जिताएर बारम्बार पठाइरहेका छन् नेपाली जनता । यही हो देशका लागि ठुलो दुर्भाग्य । यो संसदीय व्यवस्था अत्यन्तै कुरुप र असफल शिद्ध भइसकेको छ । आज होईन पछिल्लो ३० वर्षलाई हामीले मूल्यांकन गरौ । यसले कर्मकाण्डी लोकतन्त्र फोहोरी राजनीति र भ्रष्टाचारलाई संस्थागत गर्नेबाहेक खासै ठुलो उपलब्धि भएको छैन । हामी प्रत्यक्ष निर्वाचित राष्ट्रपति, मुख्यमन्त्री र प्रबुद्ध मानिसहरुको पुर्ण समानुपातिक सांसदलाई शासकीय स्वरुप कायम गर्न सकैनौ भने यस्तो विकृति राजनीति फस्टाउने छ । लोकतन्त्रको विकास हुने छैन ।

तपाईको प्रतिक्रिया